चिरा पर्दै अफ्रिका महादेश: के नयाँ महासागर सृजना हुनेछ?

00-1-Cracks-in-Africa

अफ्रिकी महादेश चिरा परेर दुई टुक्रा भइरहेको छ। यसको बीचबाट नयाँ महासागर सृजना भइरहेको छ। पियर-समीक्षा जर्नल जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित अनुसन्धानका अनुसार महाद्वीपका दुई प्रमुख खण्डहरू अलग हुँदैछन्, अन्तत: जसद्वारा नयाँ महासागर बन्नेछ। तर प्रश्न यो छ, अफ्रिका जस्तो ठूलो महादेश किन दुई भागमा टुक्रा हुँदैछ र कहिलेसम्म पूर्णरुपमा टुक्रिनेछ? यसरी जमिन टुक्रिने कार्यलाई रिफ्टिङ भनिन्छ। साइन्स डाइरेक्टका अनुसार जब टेक्टोनिक प्लेट दुई वा बढी भागमा टुक्रिन थाल्छ, त्यसलाई रिफ्टिङ भनिन्छ। जसका कारण जमिनको माथिल्लो भागमा चिरा पर्न थाल्छ। यी चिराहरू जमिनबाहेक समुन्द्रको तलतिर पनि आउन सक्छन्।

आइएफएल साइन्सका अनुसार यसरी महाद्वीप टुक्रिने घटना विगतमा पनि बाहिर आएको छ। दक्षिण अमेरिका र अफ्रिका १३८ मिलियन वर्ष पहिले अलग-अलग महाद्वीपहरूमा विभाजित थिए। अरेबियन प्लेट विगत ३ करोड वर्षदेखि अफ्रिकाबाट टाढा सर्दै आएको छ। यसको फलस्वरूप, रेड सी लाल सागर र अडेनको खाडी बनाइयो। महाद्वीपको विभाजन पूर्वी अफ्रिकी रिफ्टसँग सम्बन्धित छ, ५६ किलोमिटर लामो चिरा परेको छ। यो पहिलो पटक २००५ मा इथियोपियाको मरुभूमिमा देखिएको थियो। इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार यसले समुद्र बनाउनेछ। भूकम्पीय तथ्याङ्कले समुन्द्रको भुइँमा हिँडडुल गरेर दरार सृजना भइरहेको बताउँछ। युनिभर्सिटी अफ लीड्सका डक्टरल विद्यार्थी क्रिस्टोफर मूर भन्छन्, यो पृथ्वीमा एक मात्र ठाउँ हो जहाँ महाद्वीपमा चिरा पर्ने क्रमले अन्ततः समुद्री चिरा कसरी बनाउँछ भन्ने अध्ययन गर्न सकिन्छ। महाद्वीप टुक्रिएको कुरा गर्ने हो भने ५० लाखदेखि १० करोड वर्षपछि छुट्टिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement