सिटोङमा स्कुटी दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

IMG-20230314-WA0125.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको तकलिफ गाउँमा भएको स्कुटी दुर्घटनामा परेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान ९:१५ बजेतिर सिटोङ एक ग्राम पञ्चायतको तकलिफ गाउँमा स्कुटीमा सवार भएर गईरहेको समय उक्त दुर्घटना भएको छ।

दिलराम पुलिस आउट पोष्टको एएसआई विप्लव दासले जानकारी दिए अनुसार बिहान ९:१५ बजे सिटोङ एक ग्राम पञ्चायतको तकलिफ गाउँमा स्कुटी दुर्घटना भएर हुगलीको चन्दन नगर निवासी २३ वर्षीय आरोग्यदीप दासको घटनास्थलमै मृत्यु भएको छ। स्कुटीमा सवार अर्को एकजना अमीत मुखर्जी गम्भीर घाइते बनेका छन्। घाइते अमीत मुखर्जीलाई उपचारको लागि खरसाङ महकुमा अस्पतालमा ल्याइएको छ जहाँ उनको उपचार चलिरहेको छ भने मुत्यु हुने व्यक्तिको पार्थिव शरीरलाई खरसाङ महकुमा अस्पताल ल्याईरहेको जानकारी एएसआई विप्लव दासले दिएका छन्। विस्तृत विवरण आउन बाँकी नै रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *