बिधायक जिम्बाद्वारा स्थानीय बिधायक क्षेत्र विकास योजना अन्तर्गत कल्याणकारी योजनाहरू तीब्र गतिमा

53c4de42-2fb9-4a58-9112-dbd5f2872451

दार्जीलिङः बिधायक निरज जिम्बाद्वारा स्थानीय बिधायक क्षेत्र विकास योजना अन्तर्गत कल्याणकारी योजनाहरू तीब्र गतिमा अघि बढिरहेको छ। यसैक्रममा बिधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत बर्ष २०२१/२२ स्थानीय बिधायक क्षेत्र विकास योजना कोषबाट जोरबङ्लो सुखिया पोखरी खण्ड विकास अधिकारी क्षेत्राधिकार अन्तर्गत धजेमा आमा प्रगतिशील समाज घरको निर्माण सफलतापुर्वक सम्पन्न भएको छ। यस कार्यको निम्ति दुई लाख रुपियाँको अनुमानिक राशि खर्च भएको बिधायक जिम्बाबाट जानकारी प्राप्त भएका छन्। गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका सदस्य मनोज राईले थप जानकारी दिए अनुसार धजेमा एउटा समाज भवनको अत्यन्तै आवश्यक रहेको कारण हामीले बिधायक निरज जिम्बालाई जानकारी गराएका थियौँ।उनले चाडैनै समाज भवन निर्माणको निम्ति पहल गरिदिने वचन दिएका थिए। आज धजेमा समाज भवन निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। आमा प्रगतिशील समाजका नारीहरूले अनावरण गरि समाज भवनलाई सञ्चालनमा ल्याएको छ। यसको निम्ति समाजले बिधायक निरज जिम्बाप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् साथै पोख्रेबुङ नागरी समष्टिको तर्फबाट पनि बिधायक जिम्बाप्रति कृतज्ञता प्रकट गर्दछौं भनी मनोज राईले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *