एशियन गेम्समा पदक जितेर सन्न्यास लिन चाहन्छिन् दिग्गज बक्सर एमसी मेरिकोम

IMG-20230314-WA0100.jpg

१४ मार्चः आउँदो एशियन गेम्समा पदकको साथ आफ्नो करियरमा विराम लगाउन चाहन्छिन् ६ पल्टकी विश्व च्याम्पियन महिला बक्सर एमसी मेरिकोम। उनीसँग पूर्ण फिटनेस हासिल गर्नको निम्ति अधिक समय रहेको छैन। यसैकारण मेरिकोम आउँदो साल खेलबाट सन्न्यास लिन वाध्य हुने सम्भावना रहेको छ। गत वर्ष कमनवेल्थ गेम्स सेलेक्शन ट्रायल्सको अवधि देब्रे घुँड़ामा दबाउ पर्दा यस अनुभवी बक्सरको एण्टीरियर क्रूसिएट लिगामेण्ट (एसीएल)-मा चोट लागेको थियो अनि अगस्तमा उनले सर्जरी गराउनु परेको थियो। महिला बक्सिंग वर्ल्ड च्याम्पियनशीप अघि भारतीय टीमको जर्सी अनावरणको अवसरमा मेरिकोमले भनिन्, कमनवेल्थ गेम्सको ट्रायल्सको अवधि जे पनि भयो त्यो दुर्भाग्यपूर्ण थियो। चोटले गर्दा मैले सर्जरी गराउनु पऱ्यो।
उनले भनिन्, म चाँड़ै खेलमा फर्किने प्रयास गरिरहेकी छु कारण मसँग केवल यस सालको समय रहेको छ। आउँदो साल म सन्न्यास लिन वाध्य हुनेछु। यसैकारण यस साल म सन्न्यास अघि कुनै पनि प्रतियोगितामा भाग लिन चाहन्छु। उल्लेखनीय छ, नियमहरू अनुसार कुनै पनि बक्सरको निम्ति भागीदारीको अधिकतम उमेर ४० साल हो अनि मणिपुरकी बक्सर नोभेम्बरमा ४१ सालकी हुनेछिन्। मेरिकोमले भनिन्, म सन्न्यास लिन चाहदिनँ। म आउँदो पाँच सालसम्म प्रतिस्पर्धा गर्न चाहन्छु तर यस खेलमा ४० वर्षभन्दा अधिक उमेरपछि प्रतिस्पर्धा गर्न सकिँदैन। यही नियम हो। अहिले मेरो मुख्य लक्ष्य एशियन गेम्स रहेको छ अनि त्यस समयसम्म फिट हुने आशा गरेकी छु। तयारीको निम्ति मसँग अहिले समय रहेको छ। सन्न्यासअघि यस साल कम्तीमा एकपल्ट प्रतिस्पर्धा गर्ने मेरो सपना रहेको छ।
गत वर्ष स्थगित गरिएको एशियन गेम्स यस साल २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म हुनेछ।

यस प्रतिष्ठित प्रतियोगितामा चयनको निम्ति लण्डन ओलम्पिकमा काँस्य पदक विजेता मेरिकोमले नयाँ चयन प्रक्रियाको सामना गर्नु पर्नेछ, जसको निम्ति बक्सरहरूका राष्ट्रिय शिविरमा एउटा मूल्यांकन परीक्षा हुनेछ। उनले भनिन्, मेरो रिकवरी असल गतिमा अघि बढ़िरहेको छ। चाँड़ै म दौड़िन अनि अभ्यास गर्न सक्षम हुनेछु। म आफ्नो स्तरमा सर्वश्रेष्ठ प्रयास गरिरहेकी छु। प्रतिस्पर्धा गर्न सक्षम भए म चयनको निम्ति प्रतिद्वन्द्वीहरूलाई पराजित गर्ने प्रयास गर्नेछु। एशियन गेम्सको निम्ति फिट हुन नसके पनि म यस साल कुनै अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा हिस्सा लिन चाहन्छु। उल्लेखनीय छ, एशियन गेम्स २०२४ ओलम्पिक खेलहरूका क्वालीफाई प्रतियोगिता पनि हो। यसैकारण मेरिकोमले एशियन गेम्समा असल प्रदर्शन गरे पनि उमेरले गर्दा उनले ओलम्पिकमा हिस्सा लिन सक्नेछैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement