१४ मार्चः एटीके मोहन बगानले हैदराबाद एफसी-लाई रोमाञ्चक सेमिफाइनल म्याचको पेनल्टी शूटआउटमा ४-३-ले पराजित गरी इण्डियन सुपर लीग (आईएसएल)-को फाइनलमा स्थान बनायो। शनिवार (१८ मार्च) खेलिने फाइनलमा एटीके मोहन बगानको सामना सुनिल छेत्रीको कप्तानीमा रहने बेंगलुरु एफसी-सँग हुनेछ। बेंगलुरु एफसी-ले पनि मुम्बई सिटी एफसी विरुद्ध पेनल्टी शूटआउटमै जीत हासिल गरी फाइनलमा स्थान बनाएको छ। एटीके मोहन बगान र हैदराबाद एफसी-बीच सेमिफाइनलको पहिलो लेगको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भएको थियो। त्यसपछि सोमवार राति खेलिएको दोस्रो लेगको म्याचमा पनि नियमित र अतिरिक्त समयमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि परिणाम हासिल गर्न पेनल्टी शूटआउटको सहारा लिइयो।

एटीके मोहन बगानका कप्तान प्रीतम कोटालले सफल प्रयासको साथ पेनल्टी शूटआउटमा आफ्नो टीमको जीत सुनिश्चित गरे। यसअघि नियमित अनि अतिरिक्त समयको खेलमा हैदराबाद एफसी-लाई भाग्यले साथ दिएन अनि टीमले केही असल मौकाहरू गुमायो। आईएसएल-को फाइनल म्याच गोवाको जवाहरलाल नेहरु स्टेडियममा हुनेछ।









