साहित्यकार सुधा एम राई र अमला सुब्बालाई लिटराटी क्वीन्स सम्मान

IMG-20230314-WA0001.jpg

गान्तोक: अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा क्याङ्गे द ट्वीन्सले पछिल्लो चार वर्षदेखि पालन गर्दै आएको महिला सर्जक,सामाजिक अभियन्ता तथा साहित्यकार सम्मान लिटराटी क्वीन्स २०२३ ले सिक्किमेली साहित्यकार सुधा एम राई अनि दार्जीलिङकी अमला सुब्बालाई सम्मानित गरिएको छ। सालबारी मेथिबारीको क्याङ्गे द ट्वीन्समा आयोजित सम्मान कार्यक्रममा साहित्यकार बिन्द्या सुब्बा मुख्य अतिथि रहेको क्याङ्गे द ट्वीन्सको चौथो प्रकरण लिटराटी क्वीन्स सम्मानले सम्मानित हुने दुइ साहित्यकर्मीले यो सम्मान पाउने हकदार रहेको आफ्नो मन्तव्यमा साहित्यकार सुब्बाले बताइन्‌। उनले क्याङ्गे द ट्वीन्स महिला सर्जकहरूको सिर्जनधर्मलाई प्रोत्साहन गर्ने र साहित्यिक गतिविधिलाई प्राथमिकताको साथमा अवसर प्रदान गरेकोमा आभार प्रकट पनि गरिन्‌। कार्यक्रममा सम्मानको निम्ति आभार प्रकट गर्दै साहित्यकार सुधा एम राईले आयोजक समितिलाई धन्यवाद दिएर दुइवटा सुन्दर कविता पाठ गरिन्‌। यसैगरि सम्मानित व्यक्तित्व अमला सुब्बाले आभार प्रकट गर्दै आफ्ना दुई सुन्दर कविता सुनाएका थिए। कार्यक्रममा नेपालीसमेत हिन्दी अङ्ग्रेजी भाषाको कविता पाठ गरिएको थियो। सम्मानित व्यक्तित्वहरूलाई सम्मान पत्र र अङ्गवस्त्र पहिराएर सम्मानित गरिएको थियो।
क्याङ्गे द ट्वीन्सका संस्थापक स्वामी लेखा राईले लिटेराटी क्वीन्सको आयोजन गर्नुको पछिको औचित्यमा प्रकाश पारिन भने लगातार रूपमा चौथोपल्ट यो कार्यक्रम गरिरहेको अनि यसमा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुर्‍याउने सबै प्रति आभार प्रकट गरिन्‌। कार्यक्रममा डा. विणा हाफिम, कवि मोहन ठकुरी, डॉ. साङ्गमु लेप्चा, श्रीमती उर्मिला घिसिङ, डॉ. रेमिका थापा, मणिकुमार प्रधान, राजबहादुर राई, कमला तामाङ, शिला लामा, देविका मङ्ग्रान्ती, निरज थापा, सुनिता लामा, माला निरौला र प्रवीण खालिङको विशेष उपस्थिति रहेको थियो। अर्कोतिर कार्यक्रमको छुट्टै विशेषताको रूपमा लोक गायिका नवनित वइवा र उनको वाद्यवादन दलको सुन्दर लोक गीत प्रस्तुतीले सुनमा सुगन्ध भएको थियो। कार्यक्रमको सञ्चालन कवि सिमयोन सुकिता राईले गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *