ड्रग्सको भयावह वृद्धिबारे प्रशासनको गिद्धे नजर

IMG-20230314-WA0002.jpg

गान्तोक: पाक्योङ जिल्लास्तरीय नार्को समन्वय केन्द्रको बैठक आज पुलिस उपरीक्षकको कार्यालय पाक्योङमा सम्पन्न भयो। बैठकमा शिक्षा विभागीय अधिकारी, एसएसबी उपायुक्त, वन विभागीय अधिकारी, कृषि विभाग, समाज कल्याण विभागीय अधिकारी, जिल्ला औषधि निरीक्षक, सारथी प्रतिनिधिको सहभागिता थियो। बैठकमा लागु औषधको दुव्र्यसनमा भयावह बृद्धि भएको र जिल्लामा लागुऔषधको ओसारपसार नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्ने विषयमा छलङ्गल गरेको थियो। सहभागीहरुले जिल्लाको हालको लागु औषधको अवस्थाका बारेमा आफ्ना अनुभव साझा गरे। बैठकले लागुऔषध ओसारपसार नियन्त्रण गर्न कानून प्रवर्तनले सामना गर्नुपरेका थुप्रै चुनौतीका बारेमा पनि प्रकाश पारेको थियो। पाक्योङ एसडीपीओ मणिकुमार तामाङले लागुऔषध नियन्त्रण गर्न विभिन्न विभागहरूको समन्वय गर्ने महत्त्वलाई प्रकाश पारे। उनले लागुऔषध कारोबारीहरुको पहिचान गरी नियन्त्रण गर्न साझा पहल गर्नुपर्नेमा जोड दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *