आसामलिङजेमा दुई दिवसीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

IMG-20230314-WA0000.jpg

गान्तोक: ब्याडमिन्टन एसोसिएसन अङ्ग असम लिङ्जेले आयोजन गरेको दुई दिवसीय पहिलो सिक्किम स्ल्यामङ्गेस्ट २०२३ ब्याडमिन्टन बोनाजा समाप्त भयो। यसअन्तर्गत ७ वटा रोमाञ्चक ङ्गाइनल कार्यक्रमहरूको साथ समापन भएको थियो। पहिलो दिनको कार्यक्रम आबकारी विभागीय अध्यक्ष गन्जा भोटियाको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला र ग्राम पञ्चायतका साथै स्थानीय विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। दोस्रो र अन्तिम दिनको कार्यक्रममा प्रमुख अतिथिका रुपमा क्षेत्र विधायक एम प्रसाद शर्माको उपस्थिति रहेको थियो। यस कार्यक्रममा राज्य स्तरका धेरै शीर्ष वरियता प्राप्त खेलाडीहरूसहित राज्यभरका १२८ भन्दा बढी खेलाडीहरूले भाग लिएका थिए। पुरुष डबल्स ओपनमा विप्लव थापा र वाङ्ग्याल भोटिया विजयी भए भने प्रतियोगिताको उपविजेतामा नमोत र नयन राई भए। महिला डबल्स ओपनमा प्रसन्न प्रधान र छोदेन गुरुङ बिजेता घोषित भए भने अनुया राई र रोजी लेप्चा यस विधामा उपविजेता भए। मिक्स्ड डबल्स ओपनको बिजेता प्रसन्न प्रधान र विप्लव थापा यस विधामा टाशी छोडेन र वाङग्याल भोटिया उपविजेता भएका छन्‌। भेटरन्समा नामग्याल भोटिया र मोहन थापा विजयी भए भने भानु प्रधान र राजकुमार गजमेर रनर्सअप थिए। भेटरान्स ४५ वर्षको वर्गमा बहादुर राई र मोहन थापा विजयी घोषित भए भने डा अरुण राई र लक्ष्मण प्रधानलाई उपबिजेता घोषित गरियो। भेटरन्स ४० वर्गमा बहादुर राई र रेनोस राई बिजेता भए। पाल्जोर लामा र समीर सुब्बा यस विधामा उपविजेता भएका थिए। भेटेरान्स ३५ मा सुरज सुब्बा र कर्मा दिछेन भोटिया विजेता घोषित भए भने रेनोज राई र मिलन राई उपविजेता भए।
ङ्गाइनलका विजेता र उपविजेतालाई प्रमुख अतिथिको बाहुलीबाट ट्रङ्गी र नगद पुरस्कार प्रदान गरियो।
संघले दीपक राईलाई प्रशंसा पत्र हस्तान्तरण गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *