निर्देशक विवेक अग्निहोत्री माथि भड्किए तृणमूल

CollageMaker_2023313234017785.jpg

कोलकाता: द कश्मीर फाइल्सका निर्देशक विवेक अग्निहोत्रीले द बंगाल फाइल्स बनाउने घोषणा गरेका छन्। पश्चिम बंगालको सत्ताधारी पार्टी तृणमूललाई उनको यस घोषणा असहनीय भएको छ ।पार्टी प्रवक्ता कुणाल घोषले सोमवार भने हिम्मत छ भने गुजरात जाउन् र त्यहाँ भएको नरसंहारको घटनामा गोधरा फाइल्स बनाएर देखाउन्। उनले अग्निहोत्री एउटा विशेष राजनीतिक दलको इशारामा काम गरिरहेको आरोप लगाए। उनले भने, कलाकारहरूले आफ्नो कलाको निम्ति काम गर्नुपर्छ, कुनै पार्टीको दलाली होइन । यदि उनले यसो गर्छन् भने उनले सम्मान पाउने छैनन्। उल्लेखनीय छ, आइतवार एक कार्यक्रम अवधि कोलकातामा विवेक अग्निहोत्रीले राज्य सरकारको आलोचना गरेका थिए। उनले बंगालमा तीन चार सय कश्मीर रहेको र देशलाई बंगालको कथा बताउन चहान्छु भनी बताएका थिए। उनले बंगाल फाइल्स बनाउने बताएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *