सिक्किमकी निलम गुरूङलाई नेपालको पोयट आइडलमा विजयी बनाउने आहवान

IMG-20230313-WA0539.jpg

गान्तोक: छिमेकी राष्ट्र नेपालमा आयोजना भइरहेको कविता प्रतियोगिता पोयट आइडल सीजन एक-को टप ८ मा पुगेकी सिक्किमेकी निलम गुरूङलाई विजयी बनाउने पहल गर्दै सोमबार गान्तोकको एक होटलमा पत्रकार सम्मेलन आयोजना गरियो। पत्रकार सम्मेलनलाई मुख्यमन्त्रीको राजनीतिक सचिव जेकब खालिङ अनि कवि निलम गुरुङकी बाबु दिलीप गुरूङ अनि उनकी भाइ नितेश गुरुङले सम्बोधन गरे।

पत्रकारहरूलाई सम्बोधन गर्दै जेकब खालिङले कवि निलम गुरुङले अन्तर्राष्ट्रिय मञ्चमा सिक्किमको नाम उज्ज्वल पारिरहेको बताए। यो समय सिक्किम राज्यको निम्ति सुनौलो समय रहेको बताउँदै सबै मिलेर निलम गुरुङलाई विजेता बनाउन अघि आउने आह्वान गरे। कलाकारहरू समयको कुनै कुनै कालखण्डमा जन्मने गरेको अनि अहिले सिक्किममा धेरै कलाकारहरू जन्मिरहेको अवस्थामा सबैलाई साथ दिनुपर्ने सिक्किमे सर्वसाधारणको परम कर्तव्य रहेको उनले बताए। सिक्किमले भर्खरै जेत्सन डोना लामालाई राष्ट्रिय रियालीटी शोको विजेता बनाइसकेपछि फेरि अन्तर्राष्ट्रिय स्तरको रियालीटी शोमा कवि निलम गुरूङलाई विजयी बनाउन सबै सिक्किमेलीहरू अघि आएर उनलाई भोट गरिदिने खालिङले अपिल गरे।

यसरी नै निलम गुरुङका बाबु दिलीप गुरुङले कलाकारहरूलाई यसरी अघि बढ़्नको निम्ति वर्तमान सरकारले पुऱ्याइरहेको सहयोगको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरे। आफु स्वयंलाई पनि भेट गरेर छोरी निलम गुरुङलाई मुख्यमन्त्री तामाङले सहयोग पुऱ्याउने प्रतिबद्धता व्यक्त गरेकोमा उनले खुशी प्रकट गरे। पोयट आइडल अन्तर्राष्ट्रिय शो रहेको हुँदा उनलाई यहाँबाट सोझै भोट गर्नसक्ने प्रावधान नरहेको हुँदा भोट गर्न इच्छुक व्यक्तिहरूले नितेश गुरुङको नाममा रहेको ब्यांक एकाउणटमा सहयोग राशी पठाउनसक्ने व्यवस्था मिलाएको उनको भाइ नितेश गुरुङले जानकारी गराए। उक्त रकममार्फत कवि निलम गुरूङलाई भोट हाल्ने व्यवस्था मिलाएको पनि उनले जानकारी गराए। यस बाहेक अन्य कुनै पनि एकाउण्टमा पैसा जम्मा नगरिदिने पनि उनले आह्रावन गरे।

यस प्रतियोगिताम कवि निलम गुरूङलाई विजयी बनाउन हेतु आगामी १५ मार्चको दिन लाँझ ३ बजी नेपाली साहित्य परिषदमा विशेष सभाको आयोजना गरिएको पनि मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले जानकारी गराउँदै उक्त दिन नागरिक समाज, साहित्यकारहरू विभिन्न विश्वविद्यालय, महाविद्यालयका छात्र-छात्राहरू साथै कलासँग सरोकार राख्ने व्यक्तित्वहरूलाई उपस्थित भइदिने पनि आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *