बिहेमा उपहार दिन गाई-गोरु लगिरहेको समय व्यक्तिलाई कुटपीट

Capture7.png

नक्सलबारी: एकजना व्यक्तिलाई बिहेमा उपहारस्वरूप गाई-गोरु दिनको लागि लगिरहेको समय कुटपीट गरेको एसएसबीविरुद्ध अभियोग उठेको छ।यो घटना नक्सलबारीको दयाराम जोतमा घटेको हो। पीडित व्यक्ति मोहम्मद अन्नाको रूपमा चिन्हित गरिएको छ। मोहम्मद अन्नाले बिहेमा उपहार स्वरूप गाई दिनको लागि लगिरहेको समय एसएसबीका जावनले तिनलाई रोकेर कुटपीट गरेको आरोप रहेको छ। पीडितका परिवारका सदस्यहरूले घटनाबारे नक्सलवारी थानामा अभियोग दर्ता गरेका छन्। अर्कोतिर, एसएसबीको आरोप अनुसार गोप्य सूचनाको आधारमा अभियान चलाउँदा एसएसबीका जवानहरूमाथि ढुङ्गाले प्रहार गरेको बताइएको छ। उक्त घटनामा केही जवानहरू घाइते भएका छन्। एसएसबीले घटनास्थलबाट ९ वटा गाई- गोरू उद्धार गरेको छ। एसएसबी को तर्फबाट पनि नक्सलबारी थानामा अभियोग दर्ता गरेको छ। घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement