मेगा कानूनी सचेतना शिविर सम्पन्न

777-5

मंगनः एनएएलएसए (गरिबी निवारणको प्रभावकारी कार्यान्वयन) योजना, २०१५ विषयमाथि आज सिङघिक सेन्ताम जीपीयूमा मेगा कानूनी सचेतना शिविर आयोजन गरियो। कार्यक्रमको आयोजना जिल्ला कानूनी सेवा प्राधिकरण, मंगनले सिक्किम राज्य कानूनी सेवा प्राधिकरणको तत्वावधानमा गरेको थियो।

कार्यक्रममा जिल्ला एवं सत्र न्यायालयकी न्यायाधीश तथा जिल्ला कानूनी सेवा प्राधिकरण, मंगनकी चेयरपर्सन सोनाम डेन्का वाङ्गदी, सिविल जज उर्वशी प्रधान तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। कार्यक्रम आयोजन गर्नुको मुख्य उद्देश्य विभिन्न विभागीय योजनाहरूको बारेमा सचेतना एवं जानकारी फैलाउनु रहेको थियो। यस अवधि विभिन्न विभागहरूले स्टल लगाएका थिए, जहाँ मानिसहरूका समस्याहरूलाई सम्बोधित गरिएको थियो। यस अवसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर पनि सम्पन्न गरियो। कार्यक्रममा छवटा ग्राम पञ्चायतबाट २०० भन्दा धेरै प्रतिभागी/लाभार्थीहरू सहभागी बनेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement