शुभेन्दु पुगे हाईकोर्टमा मुकुल रोयको विधायक पद खारेज गर्ने माग लिएर

untitled-design-5-987283-1621345896.jpg

कोलकाता: वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले एक पल्ट फेरि कलकत्ता हाईकोर्टको ढोका मुकुल रोयको विधायक पद खारेज गर्नका लागि ढकढकाउने निर्णय लिएका छन्। प्रदेश भाजपा सूत्रहरूले यसबारे जानकारी दिएको छ। थाहा लागे अनुसार, अध्यक्ष विमान ब्यानर्जीले मुकुल रोयलाई दस्तावेजको रूपमा भाजपाको विधायक बताउँदै उनको विधानसभा सदस्यता रद्द गर्न खारेज गरेका छन्। यसअघि शुभेन्दुले सुप्रिम कोर्टको ढोका ढकढकाएका थिए तर सर्वोच्च न्यायालयले उनलाई हाईकोर्टमा याचिका लगाउनलाई भनेको थियो। अब उनले एक पल्ट फेरि हाईकोर्टको ढोका ढकढकाइरहेछन्। उल्लेख्य, कृष्णानगर उत्तर सीटबाट २०२१ को विधानसभा चुनाउमा भाजपाको टिकटमा जित दर्ता गरेपछि ११ जूनमा मुकुल रोयले ममता ब्यानर्जीको उपस्थितिमा तृणमूलको सदस्यता लिएका थिए। यसपछि शुभेन्दुले विधानसभा अध्यक्ष कहाँ दल-बदल कानून अन्तर्गत उनको विधायक पद खारेज गर्ने आवेदन दिएका थिए तर उनले कागज कलममा मुकुल अहिलेपनि भाजपाको विधायक हुन् भनी स्पष्ट गरेका थिए। यसैले उनको विधानसभा सदस्यता रद्द गर्ने कुनै प्रश्न नै उठ्दैन। अब यस फसेला विरूद्ध शुभेन्दुले हाईकोर्टको ढोका ढकढकाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement