भारतीय गोर्खा परिसंघद्वारा डा. पुनम सुब्बालाई र्गोखा नारी गौरव सम्मान”

d1c2f684-fd49-4fdb-959d-590ab2df46f5

सिलगढीः भारतीय गोर्खा परिसंघ सिलगढी क्षेत्रिय समिति अन्तर्गत भारतीय गोर्खा महिला परिसंघले हिज मंगलमाईती भवन, सिलगढीमा रेणुका सुब्बाको अध्यक्षतामा अन्तर्राष्ट्रिय महिला दिवस एंव डा. पुनम सुब्बालाई र्गोखा नारी गौरव सम्मान” अलंकरण समारोह भव्यरूपमा आयोजना गऱ्यो। उक्त समारोहमा भारतीय र्गोखा परिसंघ संस्थापक बी. बी. विश्वकर्मा, संस्थापक एंव राष्ट्रिय उपाध्यक्ष निर्मल पुन, राष्ट्रिय महासचिव अभय खालिड़, सुरेखा राई, राष्ट्रिय संयोजिका – सांस्कृतिक परिसंघ, जोन २ अध्यक्ष आकाश लामा लगायत, सिलगढी, डुवर्स, खरसाङ, दार्जिलिङ, कालेबुङ, मिरिक, असम, मिजोरम राज्य/क्षेत्रिय समितिका पदाधिकारीगण लगायत महिला परिसंघका विभिन्न शाखाका पदधिकारीहरूको उपस्थितिले समारोहको गरिमालाई उच्च गरिदिएको थियो। दिपान्जली छेत्री र मञ्जु शर्माले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय वरिष्ठ उपाध्यक्ष डा. पुनम सुब्बा सहित केन्द्रीय पदधिकारीहरूले दीप प्रज्वलन गरे पश्चात भागोपको जागरण गीत गाएर कार्यक्रम आरम्भ गरियो। भागोप सिलगढी क्षेत्रिय समितिको अध्यक्ष ममता लोहार राईले स्वागत भाषण दिइन्। यस समारोहमा धेरै संघ संस्थाका विशिष्ट महिला प्रतिनिधिहरूको उपस्थितिले हल खचाखच भरिएको थियो। असमबाट आएकी साहित्यिक स्रष्टा अनुपमा विनोद कट्टेलको उपस्थितिले समारोहको गरिमा अझ बढाई दिएको थियो। तिनले अन्तर्राष्ट्रीय महिला दिवस र यस वर्षको थीम माथि अति मीठो र गहकिलो वार्ता प्रस्तुत गरिन्। डा. पुनम सुब्बालाई “गोर्खा नारी गौरव सम्मान” ले विभुषित गर्ने क्रममा दिपान्जली छेत्रीले वहाँको जीवनी, उपलब्धिहरू र किन डा. पुनम सुब्बा यस सम्मानका हकदार हुन भन्ने विषयमा विस्तृत पठन गरेर सुनाइन तथा डा पुनम सुब्बालाई “गोर्खा नारी गौरव सम्मान” दिने प्रस्ताव भागोपका र्सवभारतीय स्तरको सहमतिमा निर्णय लिएको हो भनेर जनाईन्। डा. पुनम सुब्बालाई प्रदान गरिने सम्बर्द्धना पत्र अञ्जु लामाले पठन गरिन्। भागोप संस्थापक सदस्य बी. बी. विश्वकर्मा, राष्ट्रिय उपाध्यक्ष निर्मल पुन, रेणु सुब्बा, मधुमालती थापाले क्रमैसँग शाल, सम्बर्द्धना पत्र, फुलका गुच्छाहरू प्रदान गरेर अलङ्करण कार्य सम्पन्न गरे। दार्जिलिङ क्षेत्रिय समिति एंव महिला परिसंघको र्तफबाट पनि डा. सुब्बालाई अध्यक्षा उमा प्रधान र मञ्जिला सुब्बाले सम्बर्धन पत्र प्रदान गरे  पश्चात उपस्थित सम्पूर्ण महिलाहरूको भीड उर्लेर डा. सुब्बालाई खदा, माला, फुलका गुच्छाहरूले बधाई र सम्बर्द्धना जनाए। डा. पुनम सुब्बाले आफ्नो सम्भाषनमा भनिन् परिवार, समाजमा नारीहरूले विभिन्न भुमिकामा योगदान पुऱ्याइ रहेको हुन्छ यसकारण प्रत्येक नारी  नै सम्मानको हकदार छन् र परिवार, शैक्षिक, सामाजिक, साहित्यिक, सांस्कृतिक, राजनीतिक, व्यवसायिक क्षेत्रहरूमा समाजको उत्थानमा योगदान पुऱ्याइ रहेका  ती नारीहरू सम्पूर्णमा यो सम्मान समर्पित गर्दछु। सचेत, शिक्षित, संस्कारी आमाले सन्तानको भाग्य निर्माण गर्न सक्छिन्  हाम्रो समाज हाम्रो भावी पीडीलाई शिक्षित, समृद्ध र सुसम्पन्न बनाउन सक्नु नै हाम्रो जातीय  चिन्हारी स्थापित हुनु हो। नारीहरूको सोचमा परिवर्तन आउन आवश्यक छ, हाम्रो समाजमा धेरै समस्याहरू छन् जस्को समाधानमा नारीहरूले अहम् भूमिका निर्वाह गर्न सक्छन्। भागोपको संविधान अनुसार प्रत्येक भारतीय र्गोखा भागोपको परिवार हो भनिन्।डा पुनम सुब्बाले भागोपलाई आभार व्यक्त गर्दै भनिन् भागोपले महिलाहरूलाई उचित सम्मान र अधिकार, विश्वास, र कार्य गर्ने प्रसस्त प्रेरणा र अवसरहरू प्रदान गरेकोले भागोप आज भागोपको एउटा मुख्य अंग बन्न सकेको छ। जसरी एउटा पक्षलाई उच्च उडान भर्न दुईटा पखेटाको आवश्यक पर्छ त्यसरी नै समाजको उत्थानमा पुरूष र महिला दुइटा पखेटाको समानै आवश्यकता छ। कार्यक्रममा कल्पना प्रधान, पुरस्कार प्रापक शिक्षिका तथा वर्तमान जीटिए पार्षदले पनि अति गहकिलो सम्भाषन दिईन। सिलगढीका लगनशील आमा समुहकाे सगिनी नृत्य, नटराज नृत्य एकादमी, सृजना शर्मा, प्रेरणा ठटालको नृत्य, माधवी छेत्री अनि शान्ति देवी रै काे सङ्गीत जस्ता रंगारंग कार्यक्रमसहित भागोप कार्यक्रम सचिव सरस्वती शेर्पाको अगुवाइमा नाटक मण्डलीको प्रस्तुतिहरू अतिथिवृन्दहरूले भरपुर आनन्द उठाए।
कार्यक्रममा सहभागिता गर्ने सबैलाई भागोपबाट स्मृति चिन्ह प्रदान गरियो। मुलसचिव मञ्जु शर्माले समस्त अतिथिगण, असमबाट आएकी अनुपमा कट्टेल र तिनको र विभिन्न शाखाहरूबाट आउनु भएको पदधिकारीगण, र्काबीएंगलोड़बाट यस कार्यक्रमको निम्ति अनुदान पठाउनु भएको राष्ट्रिय उपाध्यक्ष यमप्रसाद घिमिरे तथा अन्य सबैमा जस जसले यो कार्यक्रम सफल बनाउन अनुदान दिएर सहयोग पुराएकोमा धन्यवाद ज्ञापन गरिन् समाजिक सञ्जालमा साथ दिने हाम्रो गोर्खा न्युज र प्रेकटिकल चेनललाई पनि धन्यवाद दिँदै तथा कार्यक्रममा कुनै भुलचुक हुन गएको खण्डमा क्षमतायाचना गरिन्। हलमा उपस्थित समस्त अतिथिगणहरू संयुक्त रुपमा यो नेपाली शिर उचाली गीतमा नाचेर महाउत्सवको रूपमा यो समारोह समापन भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement