चितुवाको हमलामा शिमुलबारी इलाकामा तीनजना घाइते

Capture-1-1.jpg

सिलगढी: शिमुलबारी इलाकामा चितुवाको हमलामा तीनजना व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेहरू क्रमैले रतन नगेशिया, धीरज नगेशिया र शिवराज नगेशिया सामेल छन् ।यो घटनापछि इलाकामा आतङ्कको माहौल देखापर्यो। चितुवाको डरले मानिसहरू आफ्नो घरबाट बाहिर निस्कन समेत डराइरहेका छन्। प्राप्त जानकारी अनुसार हिजो साँझ ३ जना व्यक्ति सदा झैं खेतबाट काम गरेर घर फर्किरहेको समय अचानक एउटा चितुवाले हमला गर्दा तीनजना व्यक्ति घाइते भएका छन्। तिनीहरूको चिच्याएको आवाज सुनेपछि मानिसहरू घटनास्थलमा पुगेपछि उक्त चितुवा त्यहाँबाट भागेको बताइएको छ। घटनापछि गम्भीर घाइते अवस्थामा तिनीहरूलाई उद्धार गरेर अस्पताल लगेर प्राथमिक उपचार गरेपछि सिलगढी जिल्ला अस्पतालमा रेफर गरिदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement