अन्तरराष्ट्रीय नारी दिवस पालन

1a75dd8e-fdf7-4148-9c44-14f26eba35c5

दार्जिलिङः आज ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस गक्रानामोद्वारा औपचारिक रूपमा दार्जिलिङ क्रामाकपा कार्यलयमा पालन गरियो। सभामा कम० निलम राई र छेसाङ तामाङको सभानेत्रित्वमा शुरू गरियो। प्रथमत ती वीर वीरंगना प्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनट को मौन धारण पालन गरियो । आजको सभामा विशेष अतिथिको रूपमा क्रामाकपा उच्च परामर्श समितिका अध्यक्ष आर० बी राई उपस्थित थिए भने त्यसरी नै क्रामाकपा महासचिव कम० नर्बु लामा, क्रामाकपा प्रवक्ता कम० अरुण घतानी र श्रमिक नेता सुनिल राईको उपस्थिति रहेको थियो।

आजको सभालाई कम० बानिरा गोतामेले सञ्चालन गरेको थियो भने सभालाई सन्जिला घिसिङ, बिन्ध्या गोतामे,सरमिला मास्के, बानु छेत्री लगायत क्रामाकपा उच्च परामर्श समितिका अध्यक्ष आर० बी० राई प्रवक्ता अरुण घतानी र श्रमिक नेता सुनिल राईले सभालाई सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement