गेटसभा मार्फत श्रमिक परिचय पत्रको विरोध

5e5ba56a-d707-41d4-830c-31debd6d092d

कालचिनीः सोमबार कालचिनी खण्डको अठियाबारी चियाबारीमा भाजपा समर्थित बीटीडब्ल्यूयूको पक्षबाट एक घन्टाको गेटसभा पालन गरीएको बीटीडब्ल्यूयू सुत्रले जनाएका छन्। उक्त गेटसभामा बीटीडब्ल्यूयू नेता तोफिल सोरेङले कमानमा डबली पत्ती, भाउचर र प्रोराटा प्रणालीको विरोध गर्दै श्रमिकहरूलाई मरीहत्ते गरेर डबली नगर्ने आह्वान गरेको थियो। पत्ती हुँदा डबली गर्दा त्यसको सीमित दरले पैसा दिने तर पत्ती नभएको बेला भने ठेका नपुगे श्रमिकको हाँजीरालाई प्रोराटा गर्ने व्यवस्था बन्द हुन पर्ने दाबी पनि राखिएको थियो।
यसै गेटसभा मार्फत बीटीडब्ल्यूयू नेता तोफिल सोरेङले राज्य सरकारले हालै चिया श्रमिकहरूको निम्ति भनेर जुन परिचय पत्र वितरण गर्न शुरु गरेका छन् यसले चिया श्रमिकहरूलाई सोझै शरणार्थी बनाउने षड़यन्त्र चलीरहेको र सो परिचय पत्रमा जमीनको पट्टा, मौजा र खतियान नम्बर केही उल्लेख नरहेको र यसले पछिबाट चियाबारीमा श्रमिकहरूलाई सीमित क्षेत्रमा आवास बनाई दिएर शरणार्थी सरह जीउन बाध्य बनाउने षड़यन्त्र रहेको र अहिले यसको चौतर्फी विरोध शुरु हुन थालेको र श्रमिकहरू सतर्क रहनु पर्ने आह्वान पनि गरे‌। चियाबारीमा टी टूरिज्मको बहानामा पुस्तौदेखि बस्दै आईरहेको चिया श्रमिकका परिवारलाई सीमित घेरोमा राख्ने चाल चलेको र यसको विरोध गरीनु पर्ने तोफिल सोरेङले आह्वान जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement