एसएसबीद्वारा ब्युटिशीयन प्रशिक्षणप्राप्तहरूलाई प्रमाणपत्र वितरण साथै खेलकूद सामग्री प्रदान

469b3657-13e8-46c4-8378-fcce3de0df93

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजना औ खोक्ला बीओपीको संयोजनमा सोमबार भारत भोटाङ सीमान्त सेन्ट्रल डुवर्स चियाबारीको पाना डिभिजनमा ३० दिने ब्युटिशीयन प्रशिक्षणप्राप्त महिलाहरूलाई प्रमाणपत्र प्रदान गरिनुको साथै सो गाउँको स्कूले नानीहरूको निम्ति खेलकूद सामग्री वितरण गरियो। एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलालको मुख्य उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको उपकमान्डेन्ट सौमेन रोय चुवापाड़ा ग्राम पञ्चायतका उपप्रधान राजेन लामा स्थानीय ग्राम पञ्चायत सदस्य एवम् प्रशिक्षण प्रदान गर्ने समुकतला विद्यासागर सोसियल वेलफेयर सोसाइटीको प्रतिनिधि एवम् गाउँलेहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रथमत एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलालले छोरी बचाऔँ छोरी पढ़ाऔँ एवम् सेनामा महिलाहरूको भर्ना विषय साथै राष्ट्रीय एकतामाथि वक्तव्य राखेको थियो। नागरिक कल्याण कार्यक्रम अन्तर्गत एसएसबीले भारत भोटाङ सीमान्त गाउँहरुमा यसप्रकारको निःशुल्क प्रशिक्षणहरू प्रदान साथै स्थानीय विद्यार्थीहरूलाई एवम् क्लबको निम्ति खेलकूद सामग्री प्रदान गर्दै आईरहेको र यतिमात्र नभएर कम्प्यूटर, टेलरिङ र इलेक्ट्रिक मेकानिकको प्रशिक्षण पनि प्रदान गर्दै आईरहेको एसएसबी सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement