पैतिस परिवार गोरामुमोमा सामेल

IMG-20230313-WA0265.jpg

बिजनबारी: गोरामुमो पुल बिजनबारी समष्टि अन्तर्गत गोक ग्राम कमजेर शाखा वार्ड नम्बर ६ मा गोरामुमोको सांङ्ठनिक सभा बस्यो। शाखा अध्यक्ष डम्बर बिष्टको अध्यक्षता बसेको सभामा समष्टि उपाध्यक्ष गाइस सुब्बा सचिव जीवन प्रधान , सदस्य असविन सुब्बा समष्टि गोरायुमो अध्यक्ष अमोद लकान्द्री उपस्थित रहेका थिए।
सभामा विभिन्न राजनैतिक दल त्यागेर पैतिस घर परिवारलाई भब्यरुपमा स्वागत जनाउने कार्य गरिएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। नयाँ सदस्यहरुलाई समष्टि अध्यक्ष गाइस सुब्बाले खदा लगाएर स्वागत जनाउदै दलीय झण्डा प्रदान गरेका थिए। गोरामुमोले बर्तमान समयमा गोर्खाहरुको स्थायी राजनैतिक समाधानको निम्ति के कस्तो भुमिका निभाइरहेका छन् उक्त विषयहरु लिएर जानकारी गराउदै गाइस सुब्बाले भने, गोरामुमो अध्यक्ष मन घिसिङको नेतृत्वमा गोर्खा जातिलाई न्याय दिलाउन हामी लागि परेका छौं अध्यक्ष मन घिसिङले कुनै सम्झौता नगरि इमानदारीपुर्वक लागि परेका छन् यसकारण तपाईंहरु सुर्ताउनु हुदैन यसरी तपाईंहरु हरियो झण्डा प्रति आस्था राखेर आउनु भएको छ यसको हामी सम्मान गर्दै तपाईं हामी सबै एक भएर जाति र माटोको उन्मुक्तिको निम्ति लागि पर्नु पर्छ भनी गाइस सुब्बाले सभामा अपिल समेत गरे। पहाडलाई लथालिङ्ग बनाएर जीटीए जस्तो अंसवैधानिक ब्यवस्था माथी रमाउनेहरुले तपाईं हाम्रो भाग्य बिगार्ने कार्य गर्नेहरुलाई गोर्खा जातिले माफ गर्ने छैन। यसलाई सपार्नको निम्ति अध्यक्ष मन घिसिङ लागि परेका छन्। वहाँको हात बलियो बनाउनको निम्ति तपाईं हामी सबै एक हुन पर्छ सर्वप्रथम हाम्रो निम्ति जाति र माटो सर्वपरी हुन् यसकारण सबैले एक पटक अध्यक्ष मन घिसिङलाई साथ दिनु पर्छ भनी समष्टि गोरायुमो अध्यक्ष अमोद लकान्द्रीले आफ्नो सम्बोधनको क्रममा भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement