गोर्खा स्वाभिमान संघर्ष समितिको टोलीद्वारा भारती तामाङसित भेट

CollageMaker_202331319389194.jpg

दार्जीलिङ: गोर्खा स्वाभिमान संघर्षको टोलीले दार्जिलिङमा भारती तामाङसित भेट गरेका छन्। शहरको गाँधी रोडस्थित भारती तामाङको निजी बासस्थानमा गोर्खा स्वाभिमान संघर्ष समितिको टोलीले भेट गरेका छन्। यस अवधि विक्रमादि राई, हद्रय लामा संदेश, दीपिका गुरूङ, नोरा सुब्बा आदि उपस्थित रहेका थिए। अखिल भारतीय गोर्खालीग् पार्टीको केन्द्रीय अध्यक्ष स्व0मदन तामाङकी पत्नी भारती तामाङसित गोर्खा स्वाभिमान संघर्ष समितिको टोलीले एक घण्टाभन्दा लामो समयसम्म बातचीत गरेको जानकारी प्राप्त भएको छ। तर उक्त बातचीत विषयमा उल्लेख गरिएको छैन।

स्मरण रहोस् गोर्खा स्वाभिमान संघर्षले गोर्खाको स्वाभिमानलाई पुनः फर्काई ल्याउने अघिबाटै संकल्प गरेको छ। फुटेर होइन, जुटेर मात्र गोर्खाको स्वाभिमान फर्काउन सकिन्छ भन्ने गोर्खा स्वाभिमान संधर्षको विश्वास बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement