खरसाङमा खेल मैदान निर्माणको मांगमा केजीएचएसएद्वारा जीटीए चिफ् अनित थापासित भेटघाट

IMG-20230313-WA0524.jpg

खरसाङ: विगत धेरै वर्षदेखि खरसाङमा देखिरहेको खेल मैदानको समस्यालाई लिएर त्यसको समाधान हेतु आग्रह गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको एउटा टोली संघको अध्यक्ष मोहोन योञ्जन अनि सचिव निर्मल गुरूङको नेतृत्वमा जीटीए मुख्य कार्यपाल अनित थापालाई भेट गर्न गएका थिए। भेटमा टोलीले खरसाङमा विगत धेरै वर्षदेखिको खेल मैदानको अभावको कारण यहाँका खेल प्रेमीहरूलाई धेरै असुविधा भइरहेको अवगत गराउँदै यसको समाधान गरिदिने आग्रह गरे। यस अवधि जीटीए मुख्य कार्यपाल थापाले पनि खेल मैदानको अभावप्रति आफू अवगत रहेको जनाउँदै यद्यपि संघले हेरेको आकाशवाणी नजिकको जमीनमा केही असुविधा देखा परेको हुँदा अब फाटक डाँड़ामुनि तथा सेरिकल्चर छेऊको खाली जमीनलाई मैदानको निम्ति प्रयोग गर्न सकिने बताउँदै चाँड़ै यसको निम्ति पहल गरिने आश्वासन दिए। भेटकै अवधि संघलाई विगत धेरै वर्षदेखि विभिन्न सहयोग प्रदान गर्दै आएको तथा यस वर्ष संघको आयोजनामा सम्पन्न दशौँ शहीद गोल्ड कपमा पनि सहयोग प्रदान गरेको हुँदा थापालाई संघको पक्षबाट सम्बर्द्धना जनाइयो भनी संघका सचिव निर्मल गुरूखङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement