खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको प्रतिनिधिहरूले खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानलाई भेट गरी ज्ञापन पत्र सुम्पेका छन्। उक्त टोली टाउन कमिटी अध्यक्ष राजु शर्माकाे नेतृत्त्वमा खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधानसंग भेटघाट गरी हाउस फर अलकाे लाभार्थीहरुको सूची पाउनकाे निम्ति चर्चा परिचर्चा गर्दै यसको विषयमा ज्ञापन पत्र पनि सुम्पेका छन्। उक्त विषयमा खरसाङ नगरपालिका उपाध्यक्ष तथा जीटीएको जनसम्पर्क अधिकारी सुवास प्रधानले आगामी १५ मार्चकाे दिनसम्ममा लाभार्थीहरूका सूची उपलब्ध गराईदिने भएको छ। यस भेटघाट कार्यक्रममा भागोप्रमो खरसाङ टाउन कमिटीका सह सचिव बीरबल पाख्रिन, कार्यकारिणी सदस्य राजेन प्रधान अनि विकास तामाङ पनि उपस्थित थिए भनी भागोप्रमो खरसाङ टाउन कमिटीको प्रचार प्रसार सचिव सञ्जय रावतले जानकारी गराएका छन्। उनले यस विषयमा जानकारी गराउँदै भने अनुसार जीटीएका मुुख्य कार्यपाल तथा भागोप्रमोका अध्यक्ष अनित थापाको कुशल नेतृत्वमा तीब्रताको साथमा विकासमूलक कार्यहरू भईरहे पनि आम जनताको समस्या बुझ्न समाधान हेतु भागोप्रमो खरसाङ टाउन कमिटीलाई दिएको निर्देश र सुझावलाई अघि बढाउँदै नगरपालिकाद्वारा आवासीय याेजनाको हाउस फर अलमा खरसाङ बजारका जनसाधारणलाई घर बनाउँदा भईरहेको समस्यालाई नगरपालिका अन्तर्गत पर्ने २० वटै वार्डमा लाभार्थीहरूसँग भेटघाट गरी समाधानकाे निम्ति सूची तयार गरी जीटीएका मुख्य कार्यपाल तथा भागोप्रमोका अध्यक्ष अनित थापालाई बुझाउनको निम्ति विगत ६ मार्चको दिन खरसाङ टाउन कमिटीका टोली अध्यक्ष राजु शर्माको नेतृत्वमा एचएफए लाभार्थीहरूको घर बनाउनमा भईरहेको समस्याहरुलाई प्रशासनिक रूपमा बुझ्न खरसाङ नगरपालीका अध्यक्ष ब्रिगेन गुरूङ अनि उपाध्यक्ष सुवास प्रधानसगं सौहार्दपूर्ण भेटघाट गरेका थिए। उक्त भेटघाटकै फलोअपको रूपमा आज पनि भेटघाट साथै ज्ञापन पत्र बुझाउने कार्य गरिएको जानकारी गराएका छन्।










