चौथो टेस्ट ड्रः सीरीज २-१-ले भारतको झोलीमा

IMG-20230313-WA0419.jpg

१३ मार्चः बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजअन्तर्गत अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको चौथो टेस्ट म्याच ड्र रह्यो। यसरी भारतले चारवटा टेस्ट म्याचको सीरीज २-१-ले जित्यो। भारतले सीरीजको पहिलो दुईवटा टेस्ट जितेको थियो। त्यसपछि अष्ट्रेलियाले इन्दौरमा खेलिएको तेस्रो टेस्टमा जीत हासिल गरेको थियो। अष्ट्रेलियाले आज आफ्नो दोस्रो ईनिंग्समा २ विकेट गुमाएर १७५ रन बटुलेर समाप्त घोषित गऱ्यो। यसअघि अष्ट्रेलियाले आफ्नो पहिलो ईनिंग्समा ४८० रन बनाएको थियो। भारतले जवाफमा आफ्नो पहिलो ईनिंग्समा ५७१ रन बनाएको थियो। अष्ट्रेलियाको दोस्रो ईनिंग्समा ट्रेविस हेडले ९० र मार्नस लाबुशेनले अविजित ६३ रन बनाए। कार्यवाहक कप्तान स्टीव स्मिथ १० रनमा अविजित रहे।

अष्ट्रेलियाको दोस्रो ईनिंग्समा म्याथ्यू कूह्नमेन (६)-लाई रविचन्द्रन अश्विनले अनि ट्रेविस हेडलाई अक्षर पटेलले आउट गरे। म्याचमा १८६ रन बनाउने विराट कोहलीलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै रविचन्द्रन अश्विन र रविन्द्र जडेजाले असाधारण अलराउण्ड प्रदर्शनको निम्ति संयुक्त रूपमा प्लेयर अव् द सीरीजको खिताब जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement