अवैध निर्माण कार्यहरू बन्द नगरे दार्जिलिङ नगरपालिकाको विपक्षी नगर पार्षदहरूद्वारा धरनामा बस्ने चेताउनी

IMG-20230313-WA0405.jpg

अनित दाजुले मुखले मात्र सिस्टमको कुरा गर्छ तर कार्य रूपमा गर्दैन: रितेश पोर्तेल

दार्जिलिङ: अवैध निर्माण कार्यहरू बन्द नगरे दार्जिलिङ नगरपालिकाको विपक्षी नगरपार्षदहरूले धरनामा बस्ने दिए चेताउनी दिएका छन्।
दार्जीलिङ नगरपालिका कार्यालय छेउमा अवस्थित क्यापिटल हलमा आज दार्जीलिङ नगरपालिकाको विपक्षी नगर पार्षदहरूको बैठक सम्पन्न भयो।बैठकपछि पूर्व चेयरम्यान एंव नगरपार्षद रितेश पोर्तेलले भू बैज्ञानिकहरूले दार्जीलङलाई जोन ४ मा राखेको छ भन्दै कुनै पनि समय दार्जीलिङमा प्राकृतिक प्रकोप आउनसक्छ भनी बताएका छन्। उनले भने, ‘दार्जीलिङमा दिन प्रतिदिन बढ्दै गईरहेको गंगन चुम्बी बिल्डिङहरूले प्राकृतिक प्रकोपमा ज्यान मालको नोक्सान गर्नसक्छ भन्ने विषयलाई हामीले ध्यानमा राख्दै हाम्रो बोर्ड छँदा अवैध निर्माणहरूमाथि रोक लगाउने काम गरेका थियौं। यहाँसम्म कि अवैध निर्माणकारीहरू विरूद्व मामला समेत दर्ता गरेका थियौं। हाम्रो कार्यदेखि नगरवासीहरू अति नै खुशी थिए। तर रूपियाँ पैसाको प्रलोभन देखाएर हाम्रो पार्टीको बोर्डलाई तोड्ने कार्य भयो। अहिले दार्जीलिङ नगरपालिकामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गठबन्धन बोर्ड गठन भएको छ। गठबन्धनको बोर्ड गठन भएपछि अहिले अवैध निर्माणहरूको निर्माण कार्य धमाधम भईरहेको छ।”
हाम्रो पार्टीको नगर पार्षद एंव पूर्व नगरपालिका चेयरम्यान रितेस पोर्तेलले अघि भने, ‘दार्जीलिङ नगरपालिकामा 32 वटा वार्डहरू छन् अनि यी ३२ वटा वार्डहरूमध्ये एउटा वार्डको निर्वाचित नगरपार्षदले राजीनामा दिएपछि अनि ३१ वटा निर्वाचित नगरपार्षदहरू रहेका छन्। भागोप्रमो गठबन्धनमा १५ नगरपार्षदहरूको समर्थन छ भने विपक्षीहरूसंग १५ जना निर्वाचित नगरपार्षदहरू रहेको छ।नगरपालिकाको नियम अनुरूप प्रत्येक महिना निर्वाचित नगरपार्षदहरूको बैठक बोलाउनु पर्ने प्रवाधान एंव नियम रहेको छ। तर गठबन्धनको बोर्डले अहिलेसम्म एउटै पनि बोर्ड मिटिङ बोलाएको छैन।’
पोर्तेलले अझ भने, ‘भागोप्रमो अध्यक्ष अनित थापा दाजुले प्रत्येक जनसभा एंव पत्रकार सम्मेलनहरूमा सिस्टम बनाउने अनि सिस्टम ल्याउने ठूल्ठला कुराहरू गर्छन् तर सिस्टमको कुरा केवल दाजुको मुखमा मात्र छ कार्य रूपमा छँदै छैन।दार्जीलिङमा अवैध निर्माणहरू दिन प्रतिदिन बढ्दै जाँदैछ। यी अवैध निर्माण कार्यहरूमाथि गठबन्धनको बोर्डले शीघ्र रोक लगाउनुपर्छ। यदि रोक नलगाएको खण्डमा हामी अवैध निर्माण कार्यहरू विरूद्ध धरनामा बस्नेछौं।’
पोर्तेलले अझ भने, ‘हामीलाई कसैको विरोध गर्नु छैन। तर प्राकृति प्रकोपको समयमा अवैध निर्माणले धेरैको ज्यान जानु सक्छ त्यो हामी हुन दिनेछैनौं।जमीन तपाईहरूको हो,विल्डिङ तपाईहरूको हो तर तपाईहरूको अवैध निर्माणको कारणले कसैको पनि ज्यान जानुसक्छ त्यो राम्रो होइन। दार्जीलिङ एक पयर्टन स्थल हो। यहाँ देश विदेशहरूबाट पयर्टकहरू घुम्न आउने गर्छन् तर तपाईहरूको गंगन चुम्बी विल्डिङहरूले दार्जीलिङको प्राकृतिक सुन्दरता छेक्ने गरेको छ। जो भोलिको दार्जीलिङको निम्ति ठूलो नोक्सान हो।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement