दिल्लीका तीर्थ यात्रीहरूको बस दुर्घटनाग्रस्त, ३५ घाइते ५ को अवस्था गम्भीर

ACCIDENT-3.jpg

झज्जर (हरियाणा): दिल्ली-रोहतक नेशनल हाइवेमा बहादुरगढदेखि लगभग १२ किलोमीटर टाडा रोहद गाउँ नजिक सोमवार बिहान तीर्थ यात्रीहरूले भरिएको एउटा बस डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भयो।उक्त दुर्घटनामा ३५ तीर्थ यात्रीहरू घाइते भएका छन् जसमध्ये पाँचको स्थिति गम्भीर छ सबै घाइतेहरूलाई बहादुरगढ़को ट्रामा सेन्टरमा पुन्याइयो। यहाँबाट गम्भीर रूपमा घाइतेहरूलाई पीजीआई रोहतक रेफर गरिएको छ। घाइतेहरूमा महिला अनि नानीहरू सामेल छन्। सबै घाइतेहरू दिल्लीको करावल नगरका वासिन्दा हुन्। यिनीहरू राजस्थानको खाटू श्याम मन्दिरको दर्शन गरेर दिल्ली फर्किरहेका थिए। दुर्घटनाको शिकार भएका तीर्थ यात्रीहरूले बताए, उनीहरू आइतवार बिहान १० बजे दिल्लीको सिग्नेचर ब्रिज नजिकबाट बसमा सवार भएका थिए। फर्किदा नशामा चुर बस चालकले तीव्र गतिमा बस चलाइरहेका थिए।
स्थानीय पुलिसको भनाइ अनुसार बस चालक फरार भएको छ। पुलिसले उसलाई खोजिरहेको छ। घाइतेहरूमा सुनील, मीनाक्षी, शालू, सुधा, विशाल, सोनी, सरोज द्रवइ, आशा, एक वर्षकी कुशानी, गौरव, किशन कुमार, राम सागर, डोली, चवनलाल, दीपक, मीतू, भूषण राजेन्द्र, ओमपति, जतिन, मुन्ना लाल, दीपक, धुप, चांद, राजेश, रवीन्द्र, आकाश, सुमित, विपिन, निखिल, निशा, तेजपाल, रोमी, रोहित, गर्वती र रवि सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement