मिरिक: मिरिक बस्तीदेखि मरमा चियाबारीको नयाँकमानलाई जोड्ने मूल सडकको शिलान्यास भएपछि पनि सडक निर्माण पूरा नभएको विषयलाई लिएर हाल हाम्रो पार्टी अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामाझ आरोप प्रत्यारोप चलिरहेको छ।
गत केही दिन अघि हाम्रो पार्टी २४ नम्बर समष्टिका सचिव जुगल प्रधानले नयाँकमानको थातिमा रहेको सडक निर्माणलाई लिएर प्रेस विज्ञप्ति जारी गरेपछि यता भागोप्रमो युवा शक्ति २४ नम्बर समष्टिका सचिव विजेन्द्र सेवाले टेक्निकल समस्या रहेको बताएका थिए। सेवाको सोही वयानलाई मध्यनजर राख्दै सोमबार हाम्रो पार्टी २४ नम्बर समष्टिका प्रवक्ता सुमन गुरूङले विजेन्द्र सेवाको वयानको खण्डन गरेका छन्। गुरूङले भने, नयाँकमानको सडक निर्माणमा के कस्ता टेक्निकल कारणहरू छन् विजेन्द्र सेवाले स्पष्ट पार्नु पर्छ। टेक्निकल समस्याहरू थुप्रै हुन्छन् विभाग समस्या हो वा कागज पत्रहरू अड्किएको छ कि कस्तो हो भन्दै प्रश्न पनि गरे। उनले भने, मलाई लाग्छ टेण्डर भएर वर्क अर्डर आएर काम शुरू भइसकेको सडकको काममा फेरि कस्तो टेक्निकल समस्या आयो यसबारे विजेन्द्र सेवाले समष्टिकरण दिनु पर्यो। विशेष लिखित स्पष्टिकरण दिएको अझ राम्रो हुन्छ भने। यदि हामीलाई टेक्निकल समस्याबारे जानकारी गराए हामी पनि तपाईहरूलाई सहयोग गर्न तयार छौ भने। जुगल प्रधान हाम्रो पार्टी २४ नम्बर समष्टिका सचिव साथै नयाँकमान निवासी भएको कारण पनि उनलाई यस सन्दर्भमा सभासदलाई प्रश्न गर्नु जायज हो भने।










