खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टि अन्तर्गत तीनधारेको बुथ नम्बर २४५ लाई लिएर सांगठनिक सभा आयोजना गरिएको छ। उक्त सभा बुथ सभापति यादव गजमेरको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, समष्टि सचिव भगवती प्रधान राई, भागोप्रमो केन्द्रीय सदस्य सुजितकुमार कार्कीढोली लगायत अन्यहरू उपस्थित रहेका थिए। सभामा आगामी पञ्चायत चुनावलाई सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा साथै पञ्चायत चुनावको लागि रणनीति बनाउनलाई चर्चा परिचर्चा गरिएको छ। यसको साथै वर्तमान समयमा तीनधारेको बुथ नम्बर २४५ अन्तर्गत पर्ने गाउँहरूले भोग्दै आएका विभिन्न समस्याहरू विषयमा पनि सभामा गुनोसेहरू राखिएको थियो। सभामा बुथ नम्बर २४५ को पक्षमा विभिन्न संसदका प्रतिनिधिहरूले वक्तव्य राखेका थिए।

सभामा श्याम तामाङ, भगवती प्रधान राई, कुमार भुजेल, रबीन रिजाल लगायत सभाध्यक्ष यादव गजमेरले पनि वक्तव्य राखेका थिए। सभामा राखिएको विभिन्न विषयहरू र बुथका विभिन्न समस्याहरू विषयमा जानकारी पाएपछि तीनधारे महानदी समष्टिको सभासद एंव भागोप्रमो तीनधारे महानदी समष्टिको सचिव नवराज छेत्रीले आफ्नो वक्तव्य राख्दै सबैको प्रश्नको उत्तर दिन्दै वक्तव्य राखेका थिए।










