मझुवा: भीरगाउँ वेलफेयर एसोसिएशनको आयोजनामा सम्पन्न फ्रेण्डशिप कपको पहिलो क्वार्टर फाइनल खेल सम्पन्न भयो। जसमा एनडीजीएससी राणाडाँडा बनाम युएसजी सिङबुङ डेरा माझमा भएको भिडन्तमा शुन्यको बिरूद्ध ६ गोल गरेर एनडीजीएससी राणाडाँडा विजयी भएर सेमाीफाइनलमा प्रवेश गरेको छ। यसैगरी ओल्डगोल्ड लंगुरदाङ बनाम मझुवा एफसी माझ भएको खेलमा २ को विरूद्ध १२ गोल गरेर ओल्डगोल्ड लंगुरदाङ सेमीफाइनलमा प्रवेश गरेको छ। भीरगाउँ वेलफेयर एसोसिएशनको आयोजनामा सम्पन्न फ्रेण्डशिप कप दोस्रो संस्करणको उक्त प्रतियोगिताको फाइनल विजेता दललाई नगद पुरस्कार ८० हजार सहित आकर्षक ट्रफी अनि उपविजेता दललाई नगद ५० हजारको साथमा उत्कृष्ट ट्रफी प्रदान गरिने छ।










