फुलबारी: फुलबारी टिस्टा क्यानलमा दुईवटा वाहन ठोक्किँदा केही घाइते भएका छन्। उक्त घटना हिजो राति फुलबारी टिस्टा क्यानलको छोबाभिटा इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आमबारीबाट एउटा वाहन फुलबारीतर्फ गइरहेको समय विपरीत दिशाबाट द्रुत गतिमा आइरहेको एउटा वाहनले उक्त वाहनलाई धक्का दिँदा दुवैवटा वाहनमा सवार केही यात्रीहरू घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर जलपाइगढी थाना पुलिस घटनास्थलमा पुगेर दुवैवटा वाहनलाई आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।










