अलिपुरद्वार: चिया बगान मजदुरहरूको विभिन्न समस्याहरूबारे गेट मीटिङ्ग आयोजित गरियो। सोमबार बिहान भाजपाको चिया बगान मजदुर सङ्गठन भारतीय चिया मजदूर सङ्घको तर्फबाट फालाकाटा ब्लकस्थित तसती चिया बगान कारखानाको गेट अगाडि गेट मिटिङ्ग भए। यस गेटबैठकमा मुख्यतया मजदुरको न्यूनतम पारिश्रमिक बृद्धि, जग्गा भाडामा दिनेलगायतका मागबारे छलफल भएको थियो। यो गेट मीटिङ्ग आगामी तीन दिनसम्म जारी रहने र आफ्ना माग पूरा नभए भारतीय चिया मजदुर युनियनका सदस्यहरू फेरि गेट मीटिङ्गमा सहभागी हुने बताइएको छ। यस गेट मिटिङ्गमा मजदुर नेता आनन्द महली, महदो उराँव, राजेन महाली, जलसु पन्ना लगायतको सहभागिता रहेको थियो।










