नगरपालिका विरुद्ध भाजपाको अभिनव विरोध प्रदर्शन

ef3c48f6-6c4f-49fd-a2da-4d4102a96477

सिलगढी: पिउने पानीको लागि नल छ, तर नल बाट पानी आउँदैन। यो अवस्था लामो समयदेखि चल्दै आएको छ। यसैलाई मध्यनजर गर्दै भारतीय जनता पार्टीको तर्फबाट नलको ‘श्राद्ध’ गरिएको हो। खानेपानीको मागलाई लिएर यो अनौठो तरिकाले विरोध गर्दा नगरपालिकाका पदाधिकारीहरूको ध्यानाकर्षण भएको हो। बीजेपीको यो कार्यक्रम सिलगढी नगरपालिकाको वार्ड नम्बर १५ मा आयोजना गरिएको थियो। भारतीय जनता पार्टी १५ वार्ड कमिटीले सोमबार बिहान सो वार्ड केही बासिन्दासँग कार्यक्रम गरेको हो। भाजपा सिलगढी संगठनात्मक जिल्ला समिति सचिव राजु साहले उक्त वार्डमा धेरै दिनदेखि नलबाट पिउने पानी नआएको बताए। नयाँ बोर्ड आएपछि पनि अवस्था उस्तै छ। फलस्वरूप, उनीहरूले खानेपानी आपूर्तिको माग गर्दै यो नयाँ तरिकाको विरोध गरे। यस विरोधका माध्यमबाट तिनले सो वार्डका नगरसेवक र सिलगढी नगरपालिकाका डेपुटी मेयर रञ्जन सरकारको ध्यानाकर्षण गराउन खोजेका थिए। माग पुरा नभए आगामी दिनमा ठूला आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *