गान्तोक: राज्यमा आज कोरोना भाइरसको एउटैै नयाँ मामिला फेला न परेको राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी दैनिक हेल्थ रिपोर्टमा उल्लेख गरीएकाे छ। रिपोर्टमा उल्लेख गरे आनुसार हिजो कूल ८५ नमूना जाँच गर्दा कोरोनाभाइरसको एउटै पनि नयाँ मामिला फेला परेन। ८५ जनाको नमूनामध्ये सर्वाधिक ६१ नमूना गान्तोक जिल्लाबाट, पाकिमबाट २३ जना र सोरेङबाट १ जनाको नमूना रहेको थियो।गत तीन दिनदेखि राज्यमा कोरोनाको पोजिटिविटी दर ० प्रतिशत रहेको छ भनेे कोरोनाको सक्रिया मामिला ३ रहेको छ।
कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३२८ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ४१ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।