छाङ्गुमा फँसेका ३७० पर्यटकहरू सुरक्षित गान्तोक ल्याइयो

CollageMaker_202331223505022.jpg

गान्तोक: अत्याधिक हिमपातको कारण छाङ्गु झील परिसरमा फँसेका ३७० जना पर्यटकहरूलाई सकुशल गान्तोक ल्याइयो। गान्तोकबाट कूल एकसय वटा वाहनमा ३७० जना पर्यटकहरू हिजो छाङ्गु घुम्न गएका थिए तर फर्किने क्रममा अत्याधित हिमपात भएपछि उनीहरू गान्तोक आउन सकेनन्। यसरी हिमपातको फँसेका पर्यटकहरूलाई सेनाका त्रिशक्ति, सिविक पुलिस र सिविल एडमिनिस्ट्रेसनको पहलमा उनीहरू सबैलाई उदार गरिएको सेनाद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ। उनीहरूले संयुक्तरूपमा हिमराहत अपरेशन शुरू गरेर सबैलाई सुरक्षित सेनाको छाउनीमा लगिएको थियो। रातीको ११ बजीसम्म निरन्तर उद्दार कार्य भइरहेको जानकारी गराइएको छ। सबै पर्यटकहरूलाई सुरक्षित सेनाको छाउनीमा लगेपछि न्यानो कपडा, औषधि र खानेकुराको प्रबन्ध सेनाले गरेको थियो। हिमपातको कारण छाङगु झील परिसरमा फँस्नेहरूमा १७८ जना पुरूष, १४२ जना महिला र ५० जना नानीहरू रहेका थिए। यस घटनालाई लिएर सेनाले ग्रेफका अधिकारीहरूसँग सम्पर्क गरेपछि बिहान ९ बजीसम्म सडक सफा गरेपछि हटाइएपछि उनीहरूलाई सबै पर्यटकहरूलाई सुरक्षित गान्तोक ल्याइएको बताइएको छ। यस्तो अवस्थामा सेनाद्वारा गरिएको काम र व्यवहारको पर्यटकहरूले प्रशंसा गर्दै कृतज्ञता प्रकट गरेका छन्। उल्लेखनीय छ, सेनाले प्रत्येक वर्ष नै हिमपातको कारण फँसेका पर्यटकहरूलाई सेनाले उद्दार गर्दै उनीहरूको सम्पूर्ण व्यवस्था मिलाउदै आइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *