हतियार तस्करहरूलाई पक्राउ

91827456.jpg

कोलकाता: चार हतियार तस्करलाई पश्चिम बंगाल पुलिस स्पेशल टास्क फोर्स (एसटीएफ) ले पक्राउ गरेको छ। यिनीहरूको पहिचान तैयब अली शेख (३६), निजामुद्दीन शेख (४४), नजरूल इस्लाम (४०) र वकील शेख (३७) को रूपमा गरिएको छ। आइतवार बिहान एसटीएफका डीआईजी दीप नारायण गोस्वामीले यसबारे जानकारी गराउँदै बताए, यी चारैलाई नदिया जिल्लाको कृष्णानगर जिल्ला पुलिस अन्तर्गत कालीगंज थाना क्षेत्रको तलाशी लिएको समय रामनगर घाटमा पक्राउ गरिएको हो यसमध्ये तैयब र नजरूल नदिया जिल्लाके नवदीपका बासिन्दा हुन् जबकि निजामुद्दीन र वकील मुर्शिदाबादका निवासी हुन्। यिनीहरूदेखि नौ एमएम र सात एमएमको दुई पिस्टल म्यागजीन गोलीहरू र लगभग १० किलो सुन्तले र सेतो रंगको विस्फोटक पाउडर उद्धार गरिएको छ दुई मोटरसाइकल पनि जफत गरियो। कालीगंज थानामा आर्म्स एक्टका धाराहरू अन्तर्गत मामिला दर्ता गरी यिनीहरूसित सोधपुछ भईरहेछ। जानकारी अनुसार, यिनीहरूले बन्दूक बिक्री गर्न ल्याएका थिए। धिक गतिविधिहरूलाई अन्जाम दिनु यिनीहरूको योजना थियो। यिनीह अन्य साथीहरूबारे पत्तो लगाइँदैछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *