बिहे गर्ने भनेर महिलालाई बेचेको आरोपमा दुई पक्राउ

5079-1.jpg

कोलकाता: पश्चिम बंगालको सीआईडीले दुई जनालाई बिहे गर्ने भनेर महिलालाई बेचेको आरोपमा पक्राउ गरेको छ। यस घटनामा पक्राउ परेका आरोपितहरूको पहिचान पश्चिम बंगालको दक्षिण २४ परगना जिल्ला अन्तर्गत कुलतली निवासी समसूल शेख उर्फ सद्दाम (३८) र अब्दुल्ला मण्डल (२६) को रूपमा गरिएको छ। पुलिस सूत्रहरू अनुसार, कुलतली निवासी २४ वर्षीय महिलाको फोनमा एक व्यक्तिसित मित्रता भएको थियो, जसले आफ्नो नाम सद्दाम बताएको थियो। यस अवधिमा सद्दामले महिलालाई राम्रो जीवन दिउने प्रलोभन दियो। यसपछि सद्दामले बिहे गर्ने भनेर महिला र उसको चार वर्षीय छोरीलाई दिल्ली लगेर रेड लाइट एरियामा बेच्यो र देह व्यापारमा धकेल्यो। धेरै दिनसम्म कुराकानी नहुँदा पीड़िताको परिवारको तर्फबाट स्थानीय थानामा शिकायत दर्ता गराइयो। शिकायतको आधारमा दक्षिण २४ परगनाको जिल्ला पुलिसले कारबाही गर्दै पीड़ित महिला र उसकी छोरीलाई दिल्लीबाट उद्धार गर्यो तर कसैलाई पनि पक्राउ गर्न सकिएन। यसपछि पश्चिम बंगालको सीआईडीले जाँच शुरू गन्यो। सीआईडीले आरोपितहरूको डिजिटल डेटाको जाँच गरी उनीहरूलाई खोजेर निकाल्यो। शनिवार राति सीआईडीले सियालदहमा छापामारी गरी दुवै मानव तस्करहरूलाई समायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement