एक महिलाको बाइसनको हमलामा मृत्यु

Death-Image-Rep-copy

अलीपुरद्वार: आइतवार बिहान बाइसनको हमलामा मरेकी महिला रिमिला हजारी (५५) बताइएको छ।जानकारी अनुसार, आज बिहान कालचीनी खण्ड अन्तर्गत उत्तर मेन्दाबाड़ी क्षेत्र निवासी रिमिला प्रातः भ्रमणको निम्ति निस्केकी थिइन्। तब एक बाइसनले उनीमाथि हमला गयो। जसबाट उनी गम्भीर रूपमा घाइते भईन्। परिजनहरू र वन कर्मीहरूले रिमिलालाई त्यहाँबाट लताबाड़ी अस्पताल लगे, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। वन कर्मीहरू अनुसार, जलदापाड़ा राष्ट्रिय उद्यानको जंगलबाट बाइसन निस्केको थियो। वन विभागले क्षेत्रमा पेट्रोलिङ शुरू गरेको छ। त्यही, घटना भएदेखि क्षेत्रमा शोकको माहोल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement