फराकिलो बाटो निर्माणको निम्ति अजय एडवर्डसले जेसीबी दिने 

00-1-IMG-20230312-WA0257

दार्जीलिङ: फराकिलो बाटोको निर्माण कार्यको निम्ति हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्डसले विजनबारीका युवाहरूलाई जेसीबी दिने वचन दिएका छन्। अजय एडवर्डस आज भ्रमण गर्दै विजनबारी पुगेको अवधिबा बिजनबारी उम्मीदका युवा समूहहरूले विजनबारी बेरोजगार युवा फोरमसँग मिलेर साफसफाई अभियान चलाउँदै गरेको स्थानमा पुगे। यस अवधि साफसफाईमा लागि परेका युवाहरूले अध्यक्ष अजय एडवर्डसलाई साँघुरो परेको बाटोलाई फराकिलो     बनाउनलाई सहयोगको मागलाई स्वीकार्दै जेसीबी दिने वचन दिए। ज्ञात रहोस्, बिजनबारीका युवा समूह, बिजनबारी बेरोजगार युवा फोरमले बाटोहरूको साफसफाई गर्दै बिजनबारीको अगम चौक, मुर्दाहटटी अनि रंगीत खोलामा साफसफाई अभियान चलाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement