दार्जीलिङ: जातीय उन्मुक्ति र क्षेत्रीय उत्थानको निम्ति हाम्रो पार्टी अध्यक्ष अजय एडवडर्सले आहवान गरेका छन्। घूम-जोरबङ्लामा आज हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भयो। सभामा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवडर्स, केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया, शारदा राई सुब्बा, फिन्जो वाङगेल गुरूङलगायत अन्य केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो। सभामा अजय एडवडर्सले भने, ‘हाम्रो पार्टी गठन भएको केवल तीन महिनाको अन्तरालमा दार्जीलिङ नगरपालिकामा बोर्ड गठन गर्न सफल भएको थियो अनि जीटीए सभामा एक दरिलो विपक्षीको रूपमा खडा हुन सफल भएको थियो। जीटीए सभाको चुनावमा हाम्रो पार्टीको झण्डा मुनि खडा भएर जनतालाई विभिन्न प्रकारको प्रलोभन देखाउँदै वाचाहरू गरेका थिए अनि जनताले आफ्नो बहुमूल्य भोट दिएर सभासद चयन गर्योl तर सभासद निर्वाचित भएको केही महिना नबित्दै आफ्नो स्वर्थ पूर्तिको निम्ति जनताको आस्था र भरोसालाई नकार्दै अर्को पार्टीमा पुगेको पूगेको छl’
अजय एड्वर्ड्सले भने, ‘१९८६ को आन्दोलनपछि दार्जीलिङ गोर्खा पार्वतीय परिषदमाथि सम्झौता भएको थियो, सम्झौता पछि सम्पूर्ण पहाडवाबासीले अब पहाडमा विकासको खोला बग्ने रहेछ भन्ने सोचेका थिएl गग्रामीण क्षेत्रहरूमा गाडी हिडने बाटोहरूको निर्माण हुने रहेछ भन्ने सोचेका थिए, पिउने पानीको समस्याको समाधान हुने रहेछ भन्ने सोचेका थिए, शिक्षाको व्यवस्थामा सुधार आउने रहेछ भन्ने सोचेका थिए ,स्वास्थ्य सुविधा हुने रहेछ भन्ने सोचेका थिएl तर आज ४० बर्ष नाघिसक्दा पनि पहाडको ती ग्रामीण क्षेत्रहरूमा बाटो पुग्नसकेको छैन, पिउने पानीको व्यवस्था हुनसकेको छैन, स्वास्थ्य सुविधाको व्यवस्था भएको छैन, शिक्षा व्यवस्था जस्ताको तस्तै रहेको छl’