कालचिनीः आगामी पञ्चायत चुनाउलाई ध्यानमा राखेर सम्पूर्ण राजनैतिक दलहरूले बुथहरूमा वर्चस्व राख्ने होड़ चलाईरहेको क्रममा आइतबार कालचिनी खण्डको राजाभात चियाबारीको पार्ट नम्बर ११/१८१ बाट जम्मा ५२ परिवार भाजपा समर्थकहरू भाजपा छोड़ेर तृणमूलमा सामेल भएको छ। गारोपाड़ा अञ्चल सभापति घुरन महली लगायत चेयरम्यान बान्टु चौधरी, महिला सभापति प्रियङ्का लोहोरा, युथ सभापति श्रवन नागवंशी, जयहिन्द वाहिनी सभापति उदय किशोर साह, तृणमूल कालचिनी ब्लक सहसभापति रञ्जित प्रधान, अञ्चल सचिव बिशुन मुण्डा र विकास लामाको विशेष उपस्थितिमा भाजपाका बुथ सभापति विशाल मुण्डाको नेतृत्वमा योगदान कार्यक्रम सम्पन्न भएको थियो।
भाजपा छोड़ने विशेष कारण भाजपाले कुनै विकासको बाटो नदेखाएको र तृणमूल सरकारले सबै प्रकारको सरकारी योजनाको लाभ दिइरहेकोले नै भाजपा छोड़ेर आफ्नो पार्टको ५२ परिवार लिएर तृणमूलमा सामेल भएको विशाल मुण्डाले जनाएका छन् । यता तृणमूल गारोपाड़ा अञ्चल सभापति घुरन महलीले भाजपाको जनाधार हराउँदै गएको र मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा राज्य सरकारले चौमुखी विकास गरिरहेकोले मानिसहरू तृणमूलमा फर्कने क्रम चलिरहेको जनाएका छन् ।