मरमा नयाँ कमानमा नबनिएको जुगल प्रधानको आरोप

00-1-Screenshot_20230312_151815_WhatsApp

सिलगढी: शिलान्यास गोजमुमो-२ को समयमा भएको अनि अहिले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (गोजमुमो) पालामा पनि मरमा नयाँ कमानमा बाटो नबनिएको हाम्रो पार्टी २४ नम्बर समष्टिका सचिव जुगल प्रधानले बताएका छन। प्रधानले केही दिन अघि एक प्रेस विज्ञप्ति जारी गरेर स्थानीय सभासद मिलेश राईले दार्शनिक मात्रै नछाटेर चुनाव अघि सडक निर्माण गरिदिने वचन पुरा गर्नुपर्ने बताएका थिए। जसको फलस्वरूप २४ नम्बर समष्टिका भागोप्रमो खेमाबाट आफूलाई तारो बनाउने कार्य भइरहेको छ उनले आरोप लगाएका छन्l जुगल प्रधानले भागोप्रमो समर्थकहरुलाई काम नगर्ने आफ्नो नेतालाई प्रश्न खडा गर्ने हिम्मत  जुटाउने सुझाव दिएका छन्। यसैगरी प्रधानले मरमा क्षेत्रबाट दुईवटा प्राथमिक पाठशालाहरु बन्द हुने अध्यादेशको बारेमा सभासदले पहल गरुन् भन्दै मरमाबासीको निम्ति यो खुशीको कुरा नरहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement