कोहलीको शतकः जीतको सम्भावनालाई जीवित राख्यो भारतले

CollageMaker_2023312184013163.jpg

१२ मार्चः दीर्घ प्रतीक्षापछि विराट कोहलीको ब्याटबाट आएको शतकीय ईनिंग्सको सहायताले बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको चौथो टेस्ट म्याचमा भारतले अष्ट्रेलिया विरुद्ध जीतको सम्भावनालाई जीवित राख्यो। भारतले ओपनर शुभमन गिल (१२८)-को शतकपछि कोहलीको १८६ अनि तल्लो क्रममा अक्षर पटेलको ७९ रनको सहायताले आफ्नो पहिलो ईनिंग्समा ५७१ रन बटुल्यो। यसरी भारतलाई पहिलो ईनिंग्सको आधारमा ९१ रनको बढ़त हासिल भयो। जवाफमा अष्ट्रेलियाले चौथो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा कुनै विकेट नगुमाइ ३ रन बटुल्यो। म्थाथ्यू कुह्नम्यान खाता नखोली अनि ट्रेविस हेड ३ रनमा अविजित छन्। यसरी सोमवार म्याचको पाँचौं तथा अन्तिम दिन भारतसँग अष्ट्रेलियालाई द्रुत अलआउट गरी जीतको निम्ति प्रयास गर्ने मौका हुनेछ।
आज म्याचको चौथो दिन कोहलीको शतक मुख्य आकर्षण रह्यो। भारतका पूर्व कप्तानले ३६४ बल खेलेर १५ वटा चौका लगाए। यसरी नै अक्षर पटेलले ११३ बल खेलेर ५ वटा चौका र ४ वटा छक्का लगाए। भारतले आज रविन्द्र जडेजा (२८)-लाई शुरुमै गुमायो। त्यसपछि कोहलीले विकेटकीपर श्रीकर भरत (८८ बलमा ४४ रन)-सँग पाँचौं विकेटको निम्ति ८४ रन योग गरे। भरत ३ वटा छक्का र २ वटा चौका लगाएर न्याथन लियोनको शिकार बने। त्यसपछि कोहलीले पटेलबाट असल साथ पाए। यी दुईले मिलेर छैटौं विकेटको निम्ति १६२ रनको महत्त्वपूर्ण पार्टनरशीप गरी भारतलाई बढ़तको स्थितिमा पुऱ्याए। पटेल आउट भएपछि भारतले लगातार विकेट गुमायो अनि कोहली अन्तिम ब्याटरको रूपमा आउट भए। चोट लागेको हुनाले श्रेयस अय्यर ब्याटिंग गर्न ओर्लिएनन्। अष्ट्रेलियाई बलरहरूमा लायन र टड मर्फीले ३-३ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement