मुम्बई: वैभव मिश्राद्वारा निर्देशित फिल्ममा सोनू सुद र ज्याकलिन फर्नान्डिजको मुख्य भूमिका रहेको छ। सोनु सूद र ज्याकलिन फर्नान्डिजले विभिन्न कार्यशालाहरूमा भाग लिइसकेका छन्, र छायांकनको क्रममा सेटहरूमा नैतिक ह्याकरहरूद्वारा प्रशिक्षित हुने अपेक्षा गरिएको छ। सोनु सूदले भने, ‘फिल्म वास्तविकतामा आधारित छ, र मैले लकडाउनको समयमा पनि मानिसहरूसँग भएको देखेको वास्तविक जीवनका घटनाहरूबाट प्रेरित छl’ फिल्मको पहिलो छायांकन शुरु गर्नेबारे कुरा गर्दै ज्याकलिन फर्नान्डिजले भनिन्, ‘मैले पहिलो पटक स्क्रिप्ट पढेदेखि नै यसको हिस्सा बन्ने निर्णय गरेकी थिएँ। अब हामीले फतेहको सुटिङ शुरु गरेपछि म उत्साहित छु। हामीले एउटा कथा लिएर आउँदैछौं, र जसलाई मानिसहरूले साँच्चै मन पराउनेछन्l’ जी स्टुडियोका सीबीओ शारिक पटेलले भने, ‘सोनु देशको सबैभन्दा सम्मानित व्यक्तित्वहरू मध्ये एक हो र फतेहको साथ हामी एउटा कथा सुनाउन चाहन्छौं जुन मानिसहरूसँग जोडिन्छ र वास्तविक संसारमा प्रभाव पार्ने सम्भावना हुन्छ- धेरै जसो हामी जस्तै सोनूl’ फिल्ममा शिवज्योति राजपूत र विजय राज पनि मुख्य भूमिकामा छन्। यस वर्षको अन्त्यमा रिलिज हुने भनिएको फिल्मका लागि फोटोग्राफी निर्देशक, अनुसन्धान टोली र एक्शन कोरियोग्राफर सहित हलिउडका केही उत्कृष्ट नामहरू समावेश गरिएको छ।