बन्दे भारत एक्सप्रेसमा फेरि ढुँगा प्रहार

d4be62b7-1180-4bed-930e-eafa6531fc65


एनजेपीबाट हावडा जाँदै गर्दा फराक्का क्षेत्रमा हमला

मालदा: बन्दे भारत एक्सप्रेसमा ढुँगा हानेको अर्को घटना भएको छ। शनिबार साँझ लगभग ७ बजे जब ट्रेन नयाँ जलपाइगढी स्टेशनबाट हावडातर्फ आउँदै थियो, फराक्का ब्रिजमा कसैले रेलमा ढुँगा हानेको थियो। रेलको सी१३ कोचमा ढुँगा प्रहार गरिएको थियो। ढुङ्गाले रेलको झ्याल फुटेको थियो। गुड़मा ठूलो प्वाल परेको छ। यो घटनाले यात्रीहरू आतङ्कित भएका छन्। राति लगभग १०ः३० बजे रेल हावडा स्टेशनमा प्रवेश गर्दा यात्रीहरूले आक्रोश पोखेका थिए। उनीहरूलाई यो रेलमा बारम्बार आक्रमण हुने डर छ। पूर्वी रेलवेका प्रमुख जनसम्पर्क अधिकारीले यो सम्पूर्ण घटना निकै दुर्भाग्यपूर्ण भएको बताए। घटनाको छानबिन हुनेछ। यसका साथै यस्ता आक्रमण हुन नदिन जनतालाई सचेत गराइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement