कोविड़ भारत: कोरोनाको ५२४ नयाँ मामिला, १ जनाकाे मृत्यु

IMG-20230312-WA0096.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५२४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,९०,४९२ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले केरलमा १ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७८१ पुगेको छ। यसरी नै यस अवधिमा ३११ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५६,०९३ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ३,६१८ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ९६,१७० जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,९६,७२,०२२ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ६,१७७ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६४,५४,५५४ जनाले यो खोप लगाइसकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *