दि्ल्लीमा आयोजित आपदा प्रबन्धन सम्मेलनमा मन्त्री केएन लेप्चाले जनाए सहभागिता

IMG-20230311-WA0194.jpg

गान्तोक: राज्यका शिक्षा विभाग मन्त्री केएन लेप्चाले दिल्लीमा आयोजित आपदा जोखिम न्यूनीकरण उदघाटन कार्यक्रममा उपस्थिति जनाए। दिल्लीमा आयोजित तेस्रो आपदा जोखिम न्यूनीकरणको उदघाटन हिजो देशका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। यस अवसरमा देशका विभिन्न राज्यका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। यस दुई दिवसीय कार्यशालाको उदेद्श्य आपदा जोखिम न्यूनीकरणमाथि सबै राज्यका प्रतिनिधिहरूको अनुभव साथै विचार आदान- प्रदान गरिनु रहेको थियो। सबैले अनुभवले डीआरआरको क्षेत्रमा पारस्परिक सहयोगका लागि अवसरहरू अन्वेषण गर्न अनुसन्धान र कार्यको निष्कर्षमा पुऱ्याउन सहयोग पुग्नेछ।

राष्ट्रिय प्लेटफर्मको आउटपुटले डीआरआरले भविष्यमा राष्ट्रिय कार्य योजनाहरूको निर्माणको लागि रणनीतिक दिशा र मार्गदर्शन गर्नेछ। उक्त कार्यक्रममा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement