महाराष्ट्रका ७० लगायत देशका ५ सय वेबसाइटमा ह्याकरहरूको हमला

Cyber-Crime-copy-1

नयाँ दिल्ली: मङ्गलबार देशमा ठूलो साइबर आक्रमण भएको छ। संचारमाध्यमहरुका अनुसार   देशका ५०० भन्दा बढी वेबसाइट ह्याक भएका छन्। यसमा महाराष्ट्रको ठाणे पुलिसको साइटसहित ७० वेबसाइटहरू समावेश छन्। तीमध्ये तीन सरकारी छन्। यस मामिलामा मलेसिया र इन्डोनेसियाका ह्याकरहरूमाथि आशंका गरिएको छ। महाराष्ट्र साइबर सेलका एडीजी मधुकर पाण्डेले भने, ‘हामीले धेरै वेबसाइटहरू रिस्टोर गरेका छौं। धेरैको पुनर्निर्माणको काम भइरहेको छ। निजी विश्वविद्यालयका वेबसाइट ह्याक गरेपछि राज्यका ७० भन्दा बढी वेबसाइटमा हमला भएको छ। तीमध्ये तीन सरकारी थिए। ह्याक भएका वेबसाइटको संख्या पाँच सयभन्दा बढी छl’ एडीजी पाण्डेले देशमा जारी साम्प्रदायिक तनावका बीच धेरै साइबर ह्याकरले मिलेर यो हमला गरेको बताए। देशका धेरै वेबसाइट ह्याक भएका छन्। मुद्दामा दुई देश मलेसिया र इन्डोनेसियाका ह्याकरको नाम बाहिर आएको छ। यो गिरोह भारतमा सक्रिय छ वा छैन भन्ने बारे जानकारी आउन बाँकी छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *