नयाँ दिल्ली: शनिवार राष्ट्रपति द्रौपदी मुर्मूसित मेघालयका मुख्यमन्त्री कोनराड कोंगकल साङमाले शिष्टाचार भेट गरे। राष्ट्रपति भवन अनुसार मेघालयका मुख्यमन्त्री कोनराड कोंगकल साडमाले उपमुख्यमन्त्री प्रेस्टोन त्यनसोंगसिते राष्ट्रपति भवनमा राष्ट्रपति द्रोपदी मुर्मूसित भेट गरे।
उल्लेखनीय छ कि कोनराड कोंगकल साङमाले गए ७ मार्चको दिन प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा निरन्तर दोस्रो पटक मेघालयको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका थिए।










