नौकरी गुमाउनेहरूमा भाजपा नेताकी छोरी, तृणमूल पार्षद पनि

oed03fo_calcutta-high-court-pti_625x300_28_May_21.jpg

कोलकाता: एक दिनअघि मात्र कलकत्ता हाईकोर्टले ग्रुप सीका ८४२ जनालाई शिक्षकको नौकरीबाट हटाउने आदेश दिएको छ। अब यिनीहरूमा भारतीय जनता पार्टीका एक नेताको छोरी पनि छ भनी थाहा लागेको छ। यस भाजपा नेताको नाम दुलाल चन्द्र बर बताइएको छ। उनकी छोरीको नाम वैशाखी हो। २०१६ को विधानसभा चुनाउमा उनले बागदाबाट चुनाउ लड़ेका थिए।यद्यपि, तब उनी कांग्रेसमा थिए र त्यस समय तृणमूलको उम्मेदवारको रूपमा सीबीआईको पूर्व संयुक्त निदेशक उपेन्द्र विश्वासलाई उनले चुनाउमा पराजित गरेका थिए त्यसपछि भाजपामा सामेल भएका थिए। अब उनके छोरीको नौकरी रद्द भएपछि प्रश्न चिह्न खड़ा भईरहेछ। यस सम्बन्धमा दुलाल चन्द्रले भने, हाम्रो छोरीको नौकरी वैध हो र कुनै रूपियाँ दिइएको छैन। यद्यपि, बागदा ग्राम पञ्चायतका उप प्रधान तथा तृणमूल नेता गोपाल चक्रवर्तीले भने, चन्दन मण्डल जो नियुक्ति भ्रष्टाचार मामिलामा हालमा पक्राउ गरिएका छन्, उनको साथ दुलाल चन्द्रको पुरानो सम्पर्क रहेको छ। यसैगरी नौकरी गर्नेहरूको सूचीमा डायमन्ड हार्बर निवासी अमित साहाको नाम छ, जो तृणमूलका पार्षद हुन् र टाउन अध्यक्ष पनि रहिसकेका छन्।तृणमूल छात्र परिषदमा जिल्ला अध्यक्षको जिम्मा पनि निभाईसकेका छन्। हटूगंज गर्ल्स हाई स्कूलमा उनी शिक्षकको नौकरी गरिरहेका थिए। कूचबिहार माथा भंगा दुई नम्बर ब्लकको युवा तृणमूल उपाध्यक्ष मदन बर्मनको पनि नाम नौकरी गर्नेहरूको सूचीमा छ। यद्यपि, उनले भने, नियुक्ति भ्रष्टाचारसित उनको कुनै सरोकार छैन। उनले रूपियाँ दिएर नौकरी हासिल गरेका होइनन् तर परीक्षा दिएर पास भएका हुन्। उनले कोर्टको विरुद्ध पुनर्विचार याचिका लगाउनेछन्। यसअघि यही ब्लकका ल अध्यक्षको पनि नौकरी गएको थियो। ग्रुप डीमा उनले नौकरी पाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement