सिस्टमको कुरा गर्नेले नै सिस्टमलाई ताकमा राखेर काम गर्दैछ: सुब्बा
दार्जीलिङ: हाम्रो पार्टीको सांगठनिक विस्तारलाई आज रिम्बिक लोधोमा समष्टिमा हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भयो। आयोजित सभामा हाम्रो पार्टीको केन्द्रीय सांगठनिक सचिव विक्रमादि राई र हाम्रो पार्टीको केन्द्रीय कमिटी सदस्य एंव सभासद प्रतिम सुब्बा विशेष रूपमा उपस्थित रहेको थियो।सभामा रिम्बिक लोधोमा समष्टिको कार्यकर्ता एंव समर्थकहरूको उपस्थिति रहेको थियो। सभामा हाम्रो पार्टी केन्द्रीय कमिटि सदस्य एंव सभासद प्रतिम सुब्बाले हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै गोर्खा जातिको जातीय मुद्दा र दार्जीलिङ पहाडमा जनताको राजको कुरा गर्दै आईरहेको छ भनी बताए। उनले भने, ‘गोर्खाको जातीय मुद्दालाई हाम्रो पार्टीले आफ्नो संविधानको टुप्पोमा उल्लेख गरेको छ। गोर्खा जातिको जातीय मुद्दाको संघर्षमा हाम्रो पार्टी इमान्दार छ। यसमा कुनै सन्देह छैन। तर हाम्रो पार्टीले गोर्खा जातिको यो जातीय मुद्दालाई लक्ष्यसम्म पुराउन समस्त गोर्खा जातिलाई माया गर्ने राजनैतिक दल एंव संघ संस्थाहरू एकबद्व हुनपर्छ भन्दै आईरहेको छ अनि हाम्रो पार्टी कान्छा भाइको रूपमा रहेर काम गर्ने वाचा पनि गर्दै आईरहेको छ।” दार्जीलिङ पहाडमा सिस्टम छैन भन्दै सिस्टमको कुरा गर्नेहरूले सिस्टमलाई ताकमा राखेर काम गर्दैछ जो ठीक होइन सुब्बाले भने। हाम्रो पार्टीले दार्जीलिङ पहाडमा जनताको राज ल्याउनुपर्छ भन्दै आईरहेको छ। पहाडमा जनताको राज ल्याउन सक्यौं भने जनताको राजमा जनता नै राजा हुनेछ सुब्बाले भने।










