खरसाङ: खरसाङ महुकमा अन्तगर्त अम्बटे चियाबारीको सिरिसेमा जल जीवन मिशन परियोजना अन्तगर्त पिउने पानीको उदघाटन कार्यक्रम सम्पन्न भयो। ४६ लाख रूपियाँको लागतमा रहेको पानीको योजनाको उद्घाटन जीटीए प्रमुख कार्यपाल अनित थापा साथै जीटीएको मातृ एंव शिशु कल्याण विभागकी भारप्राप्त सभासद तथा क्षेत्रीय समष्टि सभासद कल्पना प्रधानको बाहुलीबाट गरिएको छ। खरसाङ खण्डको पान्डु ग्राम पञ्चायतमा अवस्थित अम्बटेको सिरिस सार्वजनिक भवनमा सम्पन्न उदघाटनी कार्यक्रमको अध्यक्षता अप्पर सिरिसे ग्राम सुधार समिति अध्यक्ष सुरेन छेत्रीले गरेका थिए।प्रकाश प्रधानले सञ्चालन गरेको कार्यक्रममा प्रताप छेत्रीले स्वागत भाषण राखेका थिए। आज सम्पन्न उदघाटन समारोहमा जीटीए प्रमुख कार्यपाल अनित थापा, जीटिए मातृ एंव शिशु कल्याण विभागको भारप्राप्त सभासद कल्पना प्रधान, सभासद प्रणाम रसाइली, पीएचई विभागका कार्यकारी अभियन्ता मणिरत्न मंग्रान्ती, खरसाङ उर्जा विभागका कार्यकारी अभियन्ता सुरज थापाको विशेष उपस्थिति रहेको थिए। कार्यक्रममा जीटीए प्रमुख कार्यपाल अनित थापा, मनोनीत सभासद प्रणाम रसाईली, कार्यकारी अभियन्ता मणिरत्न मंग्रान्ती, खरसाङ उर्जा विभागको कार्यकारी अभियन्ता सुरज थापा आदिलाई अप्पर सिरिसे ग्राम सुधार समितिको पक्षबाट सम्मान जनाइएको थियो। कार्यक्रममा नानीहरूले नृत्य प्रस्तुत गरेका थिए भने मुख्य अतिथिको सम्भाषण राख्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले अम्बटे सिरिसे क्षेत्रमा पिउने पानीको समस्या समाधान भएर गएकोमा खुशी व्यक्त गरे। उनले आफ्नो सम्बोधनमा अहिलेघरि पहाडमा आफूले सुन नै लिएर आए पनि विपक्षी पार्टीले सुनलाई पित्तल भन्दै जनता समक्ष भ्रम फैलाइरहेको बताए। अम्बटे चियाबारीका बासिन्दाहरूले सरकारबाट पर्जा पट्टा पाउन सके गाउँ घरमा पनि पर्यटकहरूको निम्ति होमस्टे निमार्ण गरी आर्थिक अवस्था सुधार गर्न सकिने बताए। उनले आउने पञ्चयात चुनावमा आफ्नो गाँउ घरबाट योग्य प्रार्थीको चयन गरिदिने पनि अपील गरे। उनले अम्बटे चियाबारीको खाली रहेको क्षेत्रमा उद्योग शुरू गर्न सके धेरै युवाहरूले रोजगार पाउन सक्ने पनि बताए।

उदघाटन कार्यक्रममा अंश ग्रहण गरेर जीटीए प्रमुख कार्यपाल अनित थापा, कार्यकारी सभासद कल्पना प्रधान साथै मनोनित सभासद प्रणाम रसाइलीले अम्बटे जक्सिनमा आयोजित शान्ति पूजामा पुगी विविध रूपमा पूजा अर्चना गरेका थिए। आज सम्पन्न कार्यक्रममा खरसाङ महुकमा समिति युवा शक्ति सभापति पेमेन्द्र गुरूङ, युवा शक्ति केन्द्रीय समिति सदस्य सञ्जीव छेत्री, समष्टि सचिव ललित प्रधान, प्रचार प्रसार सचिव जिनोद परियार, अम्बटे ब्लक अध्यक्ष अमृत छेत्री, सचिव तुसार राई, लंगभ्यु संयोजक मौसम लामा साथै अम्बटे क्षेत्रका पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।









